नक्कली रक्सी बेच्ने कांग्रेसका सांसद यस्तो गोरख धन्धामा,ओली सरकारले यसरी पार्दैछ उनलाई फन्दामा



हाम्रो इकोनोमि

नेपाली कांग्रेसका एक सांसदको गैरकानुनी धन्दा पर्दाफास भएको छ ।
नेपाली कांग्रेसका एक प्रदेशसभा सदस्यले संचालन गर्दै आएको रक्सी भट्टीमा आन्तरिक राजस्व कार्यालयले सिलबन्दी गरेसँगै यो विषय गुपचुप राख्न र कारबाहीबाट बच्न ती माननीय शक्तिकेन्द्रहरु धाउनमा व्यस्त छन् ।

कांग्रेसका सर्लाही ४ (क) का सांसद वीरेन्द्रप्रसाद सिंह हुन् । यसरी गैरकानुनी धन्दामा संलग्न गरेको र आफ्ना गैरकानुनी धन्दा बाहिर ल्याउनबाट रोक्न शक्तिकेन्द्र धाउने गरेको छ ।

धनकौला गाउँपालिका–२ मा सञ्चालन गर्दै आएको अभिनव डिस्टिलरीबाट उत्पादन हुने रक्सीमा प्रयोग हुने गरेको कच्चा पदार्थमा कमसल नक्कली रहेको र त्यहाँ नक्कली स्टिकर टाँसेर व्यापार व्यवसाय गर्दै आएको विषयमा उजुरी परेसँगै आन्तरिक राजस्व विभागले छानबिन गरेको थियो ।

छानबिन पछाडि उनको सो कम्पनीमा राजस्व विभागले सिलबन्दी गरेको छ । उनले गुणस्तरीय चिह्नको समेत नक्कली राखेको स्रोतले जनाएको छ । जनप्रतिनिधिले नै सञ्चालन गर्दै आएको रक्सी भट्ठीबाट उत्पादन हुने रक्सीका कारण सथानीयको स्वास्थ्यसँग खेलवाड भइरहेको व्यापाक गुनासोपछि राजस्वले छापा मारेको थियो ।

राजस्वले उनको कम्पनीमा छापा मारेको दुई साता बितिसक्दासमेत यो घटनालाई गुपचुप राख्न खोजिएको थियो । सर्लाहीका प्रतिनिधि सभाका सदस्य सिंहका दाजु त्यहीका पार्टी जिल्ला उपाध्यक्ष हुन् । उनी यसअगाडि पनि विवादमा मुछिएका व्यक्ति हुन् ।

सार्वजनिक जग्गाका सिसौ कटौती गरेको अभियोगमा ११ महिना जेल बसेर आएका व्यक्ति उनीविरुद्ध सर्वोच्चमा समेत मुद्दा परेको छ । रवि कन्सट्रक्सन कम्पनी चलाउँदै आएका उनी ‘क’ श्रेणीका ठेकेदार समेत हुन् ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...