प्रधानमन्त्रीसहित मन्त्रीहरुले एक-एक विद्यार्थीलाई पढाउने जिम्मा लिए,कुन मन्त्रीले कस्लाई पढाउने भए?



हाम्रो इकोनोमि

सरकारले शिक्षाको पहुँचभन्दा बाहिर रहेका बालबालिकालाई विद्यालयभित्र ल्याउन विशेष अभियानको थालनी गरेको छ।

‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चितता र सिकाइमा स्थायित्व’ भन्ने नाराका साथमा प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण राष्ट्रिय अभियानको थालनी गरिएको हो।

शिक्षाबाट बञ्चित विपन्न, गरिव, सीमान्तकृत, लोपउन्मुख वा पिछडिएका वर्ग क्षेत्र र समुदायका एक जना बच्चालाई स्टेशनरी, पोसाक र दिवा खाजाको प्रवन्ध गरी स्वच्छिक अभिभावकत्व ग्रहण गर्ने अभियानमा सुरु गरिएको विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बताए।

अभियानको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुका ठिन्ले साँवु लामा, रक्षामन्त्री इश्वर पोखरेलले सुर्यदेवी रोकाय, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गुल्मीको छत्रकोट– ५ खज्र्याङकी अस्मिता परियार, संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीले पुन्नबहादुर कुमाल, पुर्व सभामुख सुवाशचन्द्र नेम्वाङले विनिता नेपाली र मन्त्री पोखरेलले कर्मा याङजिङको एसइइसम्मको पढाई खर्च व्यहोर्ने घोषणा गरेका छन्।

मन्त्रीहरुको उक्त कार्यप्रति सम्बन्धित बालबालिका अभिभावकले आभार र प्रशन्नता व्यक्त गरेका छन् । ‘विद्यार्थी भर्नासँगै उनीहरुलाई त्यहाँ टिकाई राक्ने विषय चुनौतिपूर्ण देखिन्छ । त्यसलाई हल गर्न सहयोग पुग्ने विश्वाससहित रोडम्यापमार्फत अभिभावक सहायता कार्यक्रम अगाडि सारिएको हो,’ मन्त्री पोखरेलले भने।

उनले शिक्षामा समता मूलक पहँच र गुणस्तरियतालाई सँगसगै अघि बढाउन आफ्ना वालवालिकालाई अनिवार्यरुपमा भर्ना गराँउन, उनीहरुलाई नियमित रुपमा पोषणयुक्त सन्तुलित भोजन व्यवस्था गर्न र नियमित रुपमा विद्यालय पठाउन र सिकाईका निम्ति अनुकुल वातावरण सिर्जना गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस
देशको परिस्थिति सहज छैन : प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको परिस्थिति...

अब प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने : एमाले

    प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) ले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री...

चितवनमा देशकै ठूलो इन्धन भण्डारण गृह निर्माण सुरु

     इन्धन आपूर्तिको दीर्घकालीन सुरक्षा र भण्डारण क्षमता बढाउने रणनीतिक योजना अन्तर्गत...

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत

     निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत अनुमोदन भएको...