पार्टी एकताको बैठक छलेर प्रचण्ड सुकुटे पुगे पछी यता एमालेले बोलायो बैठक



हाम्रो इकोनोमि

सत्तारुढ दल नेकपा एमालेले माओवादी केन्द्रसँगको एकताको बारेमा छलफल गर्न तत्काल पोलिटब्यूरो बैठक बोलाउने तयारी गरेको छ ।

माओवादी केन्द्र र एमालेबीच यही बैशाख ९ गते पार्टी एकता गर्ने हल्ला चलिरहेको बेला एमालेले तत्काल यस सम्बन्धमा निर्णय गर्न पोलिटब्यूरो बैठक बोलाउन लागेको हो । एमाले निकट उच्च स्रोतले दिएको जानकारी अनुसार बैशाख ७ गते पोलिटब्यूरो बैठक, स्थायी समिति र केन्द्रिय कार्यसमिति बैठक बोलाउने तयारी गरेको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न तीन दिने भारत भ्रमणको बारेमा पनि गम्भिर समिक्षा गरिने एक नेताले जानकारी दिए । यसअघि प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमण पूर्ण रुपमा सफल र उपलब्धिमूलक भनेर दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...