बजार अनुगमनपछि दोषिलाई कारबाही नगरी माल मात्र हसुर्ने भन्दै मन्त्री यादवले यसरी सातो लिए कर्मचारीको



हाम्रो इकोनोमि

उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री मातृका यादवले बजार अनुमगन हुने तर कसैलाई पनि कारवाही नहुने कार्य अब अन्त्य गर्दै दोषिलाई तत्काल मुद्दा चलाउने र जनतालाई राहत दिने कार्य गर्न निर्देशन दिएका छन्।

यादवले आइतबार मन्त्रालयमा कर्मचारीहरुलाई बोलाएर कृत्रिम अभाव, महङ्गी र कालोबजारी नियन्त्रणका नाममा हुने बजार अनुगमनका विषयमा प्रश्न उठाउँदै कारबाही किन गर्नुहुन्न? भनि प्रश्न समेत सोधेका छन्।

विभिन्न विभागहरुले बजार अनुगमन गरेको तर कानुनी काराबाहीको दायरामा नपुग्ने गरेकोप्रति आफू गम्भीर भएको भन्दै यादवले अब त्यस्तो भएको थाहा पाएमा आफूले सम्बन्धित कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिए।

‘जनताले अनुभुत गर्ने गरि नभएका बजार अनुगमनको के अर्थ हुन्छ।’, मन्त्री यादवले प्रश्न गरे,‘तपाईंहरु बजारमा गलत भएको भनेर अनुगमन गरि प्रतिवेदन त पेश गर्नुहुन्छ तर सरकारी वकिलले मुद्दा चलाउन किन प्रतिवादी भेट्दैन?’

यादवले अबका दिनमा कुनै कर्मचारीले अनुगमनका नाममा बदमासी गरेमा त्यसको कारबाही पनि सोही स्थानमा तत्कालै आफूले गर्ने चेतावनी दिए।

बैठकमा मन्त्रालयका सहसचिव मुकुन्द पौडेल, आपूर्ती व्यवस्थापन विभागका महानिर्देशक योगेन्द्र गौचन, नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनी, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका उपमहानिर्देशक मनिता वैद्य, पशुसेवा विभागका महानिर्देशक डा विमलकुमार निर्मल, नेपाल औषधी लिमिटेडका महानिर्देशक डा रोभस कुसम सुवेदी, काठमाडौ सरकारी वकिलको कार्यालयका सहन्यायाधिवक्ता सुर्यराज दाहाल र ललितपुरका राम घिमिरेलगायत सहभागी थिए।

बजार अनुगमनका लागि कृषि मन्त्रालय पनि सहभागी हुनुपर्ने देखिएको भन्दै मन्त्री यादवले खाद्य, प्रविधी र पशु सेवा विभागका महानिर्देशकसँग छलफल गरेका थिए।

व्यापारी केन्द्रित बजार अनुगमन गर्ने कार्य अन्त्य गर्दै सेवाग्राही केन्द्रित हुन समेत मन्त्री यादवले आग्रह गरे। मन्त्री यादवले नियमित अनुगमनलाई तिव्रता दिइ दोषिलाई कुनै पनि हालतमा उम्कन नदिने कार्य गर्न समेत निर्देशन दिए।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकले सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

    नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित गरी मुलुकका विभिन्न...

बागमती प्रदेशका निजीक्षेत्रले पनि सबै सरकारी सूचना पाउने

    बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले सरकारी टेन्डरबाहेकका सबै सूचना निजीक्षेत्रलाई पनि...

क–कसलाई भेटे अमेरिकी विदेशमन्त्री कपुरले

  दक्षिण एसिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल भ्रमण पूरा...

नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

    सुर्खेतस्थित प्रेदश अस्पतालमा सञ्चालित  ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १९४...