साढे ५१ केजी सुनको करामत,त्यही सुनकै कारण यसरी भए चार जना ‘शहीद’



सुन तस्करी प्रकरणमा असोज यता चारजनाको ज्यान गएको छ। दुईवटा फरक घटनामा साढे ५१ किलो सुन तस्करी भएको सार्वजनिक भएपनि सो सुन कहाँ पुग्यो अहिलेसम्म पत्तो छैन।

प्रहरीले दशैं टीकाको दिन हत्या गरिएका रसुवा पार्वतीकुण्डका गगन तामाङको हत्या तस्करी भएर भित्रिएको १८ किलो सुनका कारण भएको तथ्य त्यतिबेलै सार्वजनिक गरेको हो। त्यसपछि हाल अनुसन्धानमै रहेको साढे ३३ किलो सुन प्रकरणमा थाई एयरवेजका २ कर्मचारी र एकजना भरियाले ज्यान गुमाएका छन्। यस प्रकरणमा समेत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट माघ ९ मा सुन बाहिरिएको तथ्य स्थापित छ। तर सुन कहाँ छ? र यसका मुख्य तस्कर भनिएका चुडामणि उप्रेती (गोरे) कहाँ छन्? अनुसन्धान गर्ने निकायसँग यसको जवाफ छैन।

सुन काण्डका ‘शहीद’
प्रहरी हिरासतमा शंकास्पद मृत्यु भएका थाई एयरवेजका लोडर प्रेमराज चौधरी सुनका कारण ज्यान गुमाउने पछिल्ला पात्र हुन्। उनी महानगरीय प्रहरी वृत्त सिंहदरबारको थुनुवा कक्षमा रहेको शौचालयमा मृत भेटिएका थिए।

सरकारले गृहका सहसचिव ईश्वर पौडेलको संयोजक्तवमा गठन गरेको अनुसन्धान समितीले बिहीबार नियन्त्रणमा लिएका चौधरीले त्यही रात आत्महत्या गरेको प्रहरी दाबी छ। समितिले उनको मोबाईल, विभिन्न दुरसंञ्चार सेवा प्रदायकको सिम तथा भाईबर, ह्वाटस एप र म्यासेन्जरमार्फत भएका सूचना केलाउन थालेपछि चौधरी हतास भएका थिए।

उनले वृत्तको थुनुवा कक्षमा रहेको शौचालयमा आफूले लगाएको ट्रयाक सुटको पासो लगाएर आत्महत्या गरेको प्रहरी दाबी छ। चौधरीको पोष्र्टमार्टम रिर्पोट आइसकेको छैन। उनका सम्बन्धमा वृत्तमा कसैले कुनै प्रकारको उजुरी दिएका छैनन्।
चौधरीको शंकास्पद मृत्यु अघि थाई एयरवेजकै वरिष्ठ टेक्निसियन ५५ वर्षिय सानु बनको विमानस्थलमै माघ २२ मा शंकास्पद मृत्यु भएको थियो। तीन महिनापछि गृहको अनुसन्धान समितिले सुन तस्करीका कारण उनको हत्या भएको जनाएको छ।

विमानस्थलको थाई एअरवेजको ग्राउण्ड हेण्डलिङ इक्विपमेन्ट राख्ने स्थान नजिकै हवाई इन्धन बोक्ने एआर–२७ नम्बरको ट्याङकरले माघ २२ मा बनलाई ठक्कर दिएको थियो। प्रहरीले टंयाकर चालक सार्की लामालाई नियन्त्रणमा लिएर गौशाला प्रहरीलाई बुझाएको थियो भने बनको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको थियो।

महानगरीय प्रहरी वृत्त गौशालाले सवारी ज्यान मुद्दामा कारवाही चलाएका लामा काठमाडौं जिल्ला अदालतको आदेशले धरौटीमा रिहा भएयता सम्पर्कबिहीन छन्। सुन तस्करी प्रकरणमै उर्लाबारीका सनम शाक्यले ज्यान गुमाएका छन्। साढे ३३ किलो सुन गायब प्रकरणमा जोडिएका शाक्यलाई सिरहाको जंगलमा कुटपिट तथा करेन्ट लगाएर हत्या गरिएको हो। उनलाई सुन तस्कर चुडामणि उप्रेतीको समूहले हत्या गरेको दाबी गरिएको छ।

फागुन १८ मा शाक्यको शब बरामद भएपछि साढे ३३ केजी सुन प्रकरणका विभिन्न रहस्य सार्वजनिक भएका थिए।

यसअघि असोजमा नागार्जुन, ढुंगाखानीमा मृत भेटिएका रसुवा पार्वतीकुण्डका गगन तामाङको हत्या पनि सुन तस्करले गराएको खुलेको थियो। प्रहरी अनुसन्धानमा सुन तस्करीम संलग्न तामाङ आफैँ तस्करीमा संलग्न थिए। तस्करी भएर भित्रिएको १८ किलो सुनमध्ये ६ किलो सुन लुटिएको भन्दै भागेपछि उनको हत्या गरिएको हो।

काठमाडौं नागार्जुन नगरपालिका वडा नम्बर ३ आदेश्वर ढुंगाखानीमा असोज १४ मा उनको शव भेटिएको थियो। प्रहरीले हत्यमा संलग्न रहेको आरोपमा लाक्पा ग्याल्जेन, छिरिङ तामाङ, सबिना तामाङ, प्रकाश शाक्य र लाक्पा तामाङलाई पक्राउ गरेर कारवाही गरे पनि नेपाल भित्रिएको सुन हालसम्म भेटिएको छैन। नत त्यसका मुख्य तस्कर भनिएका चिनियाँ नागरिक पक्राउ परेका छन्।

प्रहरी अनुसन्धानमा देखिएअनुसार चिनियाँ नागरिक वाई र तेन्जिङले लाक्पा ग्याल्जेनसहितको समूहलाई असार पहिलो साता १८ किलो अवैध सुन केरुङ हुँदै काठमाडौंसम्म ल्याउने जिम्मा दिएको थियो। अवैध सुन ओसारपसारमा संलग्न रहेका गगनले सुन लुटियो भन्दै १२ किलोमात्र बुझाएका थिए। यही कारणले गगनको हत्या भएको थियो।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्