‘भर्जिन’ खुवाउदा पनि यौनसम्पर्क गर्न नमानेपछि काखमा राखेर घाँटी थिचेर मारिएकी युवतीको अझै भएन सनाखत



हाम्रो इकोनोमि

चैतको अन्तिम साता राजधानीको एक गेस्ट हाउसमा मृत भेटिएकी युवतीको हत्या भएको खुलासा भएको छ। प्रहरीका अनुसार ती युवतीको हत्या यौनसम्पर्क गर्न नमानेपछि भएको थियो। महाराजगन्ज प्रहरी वृतको टोलीले हत्या गरेको आरोपमा सल्यानको शारदा नगरपालिकाका २३ वर्षीय गोपाल शर्मालाई पक्राउ गरेको छ। मृत युवतीको अझै सनाखत हुन सकेको छैन।

गत चैत २४ गते गोगंबुको न्यु भुनेश्वरी एन्ड अर्जुन पाहुनाघरको कोठाभित्र २२/२३ वर्षीया युवतीको शव घाँटी र खुट्टामा कपडाले बाँधिएको अवस्थामा भेटिएको थियो। चैत २३ गते साँझ ती युवती गोपालसँगैं उक्त गेस्ट हाउसमा कोठा बुक गरी गएकी थिइन्। गेस्ट हाउस सञ्चालकले ती युवती पहिला पनि युवकहरु लिएर आउने गरेकाे बताएका छन्।

हत्या आरोपी गोपालले सोही दिन दिउँसो मात्र ती युवतीलाई भेटेर त्यो रात सँगै बिताउने सहमति भएको थियो। सुरुवातमा युवतीले २ हजार रुपैयाँ दिनुपर्ने बताएकी थिइन्। उनी आफैले कोठा बुक गर्ने उनको प्रस्ताव थियो।

गोपालले आफुले सुरुमा १५ सय मात्र दिने बताएपनि पछि दुई हजार नै तिर्न तयार भएको बयानमा उल्लेख गरेका छन्। कोठामा पुगेपछि उनीहरुले ‘भर्जिन’ मगाएर मादक पदार्थ सेवन गर्न सुरु गरेका थिए।

रातको ९ बज्न लाग्दा युवतीलाई रक्सी धेरै लागिसकेको थियो। गोपालले यौन सम्पर्कका लागि प्रयास गरेपछि उनिहरुबीच विवाद सुरु भयो। तर ती युवतीले ‘तँजस्ता धेरै केटालाई मैले लुटेको छु। आफ्नै अामा र दिदीबहिनीसँग यौन सम्पर्क गर, मसँग हुँदैन’ भनेपछि गोपाल रिसले चुर भए।

‘यौन सम्पर्क गर्न उनले आनाकानी गरिन्। उल्टै आमा र दिदीबहिनीसँग जोड्न थालिन्। उनलाई रक्सी धेरै लागिसकेको थियो’, गोपालले प्रारम्भिक बयानमा भनेका छन्। त्यसपछि आफूले काखमा राखेर घाँटी थिचेर मारेको र घाँटी र खुट्टा कपडाले बानी खाटमा राखेर साँझ १० बजे त्यहाँबाट निस्किएको उनले बताएका छन्।

रातभर सडकमै बिताएका गोपाल भोलिपल्ट अपरान्ह चार बजे नेपालगन्जको बस चढेर त्यसतर्फ लागेका थिए। स्रोतका अनुसार प्रहरीले गोपाललाई भारतबाट समातेर ल्याएको हो। मिस्त्रीको काम गर्ने गोपाल घटना भएकै दिन रामेछापबाट काठमाडौं आएका थिए।

साथीको सम्पर्कका आधारमा उनी ती युवतीकहाँ पुगेको प्रहरीले जनाएको छ। मृतक युवतीका साथीको आधारमा ती युवतीले आफ्नो नाम रिया अधिकारी र घर चितवन भएको बताउँदै आएकी थिइन्। तर प्रहरीका अनुसार ती युवती काठमाडौंमा कहाँ बस्थिन् समेत खुल्न सकेको छैन। पिडितको तर्फबाट कोही सम्पर्कमा आएका छैनन्।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...