अकस्मात ढलेर बेहोस भएका पर्यटन मन्त्रीलाई हर्टअट्याक



हाम्रो इकोनोमि

प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय यादवलाई हार्टअट्याक भएपछि अस्पताल भर्ना गरिएको छ ।गृहजिल्ला सर्लाहीमा शनिबार मन्त्री यादवलाई हार्टअट्याक भएको थियो । अकस्मात ढलेर बेहोस भएका मन्त्री यादवलाई तत्काल हेलिकप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको उनको निजी सचिवालयले जनाएको छ ।

स्वास्थ्य खतरामुक्त रहेका मन्त्री यादवलाई बाँसबाँसरीस्थित शहीद गंगालाल हृदय रोग केन्द्रमा उपचार भइरहेको छ । मन्त्री राय बिरामी भएको थाहा पाएपछि आफन्त र शुभेच्छुकहरू भेट्न अस्पताल पुगेको थिए ।

राष्ट्रिय जनता पार्टी नेपालका वरिष्ठ नेता यादव प्रदेश २ मा वन मन्त्री बनेका छन् ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...