प्रहरीका पूर्व हाकिमले धोबी बनाएका ३ सय १५ प्रहरी एक साताभित्र फिर्ता नगरे गृहमन्त्रीले तातोपानी खन्याउने



अवकाशप्राप्त प्रहरी अधिकारीको घरमा कार्यरत प्रहरीलाई फिर्ता गर्न गृह मन्त्रालयले ताकेता गरेको छ। सात दिन भित्र अवैध रुपमा खटाइएका प्रहरीलाई फिर्ता गर्न गृहले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई शुक्रबार निर्देशन दिएको हो।

पूर्व प्रहरी अधिकारीहरुले ३ सय १५ जना प्रहरी अनाबश्यक रुपमा प्रयोग गर्दे आएको खुलेपछि उनीहरुलाई फिर्ता गर्न पत्राचार भएको हो। प्रहरीले नै गृहलाई सो तथ्याङक उपलब्ध गराएको हो।

अवकाशप्राप्त उच्च प्रहरी अधिकारीले एक जना प्रहरी सुरक्षाका लागि पाउने भएपनि पहुँचको भरमा केहीले ३/४ जना सम्मलाई लिएर घरेलु काममा लगाउदै आएका छन्। गृहमन्त्री रामबहादुर थापा बादलले विकृती हटाउन अभियान थालेका हुन्।

सुरक्षाकर्मीलाई घरमा कामदारको रुपमा राख्ने, सुरक्षा खतरा नभएकाहरुले पनि पहुँचको भरमा सुरक्षाकर्मीलाई पिएसओको रुपमा राख्ने लगायतका गुनासो आएपछि गृहमन्त्रालयले शुक्रबार नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई त्यस्ता सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गरी सोको जानकारी मन्त्रालयलाई दिन निर्देशन दिएको हो। नेपाल प्रहरी र सशस्त्र प्रहरीका पूर्वआईजिपी, एआईजी र डिआईजीले ठुलो मात्रामा पूर्व प्रहरीको दुरुपयोग गदैे आएका छन्।

त्यस्तै नेता तथा पूर्व बिशिष्ट अधिकारीको घरमा कार्यरत ४५ जनालाई पनि फिर्ता गर्न गृहले निर्देशन दिएको छ।

गृहले निर्देशनअनुसार बहालवाला तथा पूर्व पदाधिकारीहरुको सुरक्षार्थ निर्णय नभईकनै खटिएका ४९ मध्ये ४२ जना नेपाल प्रहरी फिर्ता भईसकेका छन्।

यस्तै सशस्त्र प्रहरी बलका पनि करिब पाँच सय सुरक्षाकर्मी बहालवाला विशिष्ठ व्यक्ति, पूर्व पदाधिकारीको सुरक्षामा खटिएका छन्। उनिहरु मध्ये केहीलाई घरेलु कामदारको रुपमा प्रयोग गरिएकाले अनाबश्यक प्रहरी फिर्ता गर्न निर्देशन दिइएको छ।

गृहमन्त्री थापाको ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजनामा सुरक्षाकर्मी दुरुपयोग हटाउने अभियान पनि राखिएको थियो। जसका लागि काम भइरहेको उनको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
हेटौंडा-काठमाडौंको आधा दर्जन सडक अवरुद्ध

     हेटौंडा-काठमाडौं जोड्ने आधा दर्जन छोटा मार्ग अवरुद्ध भएका छन् । तीन

झ्याप्ले खोलामा थप ३ शव भेटियो

    झ्याप्ले खोलामा पुरिएको अवस्थामा थप ३ शव फेला परेको छ ।

सप्तकोशीमा पानीको बहाव अति खतराको संकेत पनि पार गर्यो

    सप्तकोशी नदीमा निरन्तर पानीको बहाव बढ्दै गएको छ । निरन्तर पानीको

बाढीपहिरो र डुबानबाट देशभर ११२ को मृत्यु, ६८ बेपत्ता

    अविरल वर्षासँगै निम्तिएको विपद्का कारण काठमाडौं उपत्यकाका साथै विभिन्न जिल्लामा ठूलो