अस्पतालको सिसा फोरेर हामफाल्दा एकजनाको मृत्यु,घटनाको नालीबेली यस्तो छ



पोखराको नयाँबजारमा रहेको चरक मेमोरियल अस्पतालको आइसियु कक्षमा उपचार गरिरहेका युवराज गुरुङको सिसा फोरेर हाम फाल्दा मृत्यु भएको छ ।

लमजुङ्ग घर भइ पोखरा ११ फुलबारी बस्दै आएका ३० वर्षिय युवराज गुरुङ तीन दिनअघि उपचारका लागि नयाँबजारमा रहेको गण्डकी मेडिकल कलेजमा पुगेका थिए ।

त्यहाँबाट उनलाई चरक मेमोरियल अस्पतालमा रिफर गरिएको थियो । चरकको आइसियु कक्षमा उपचार गराइरहेका उनी बिहीबार बेलुका पौने पाँच बजे सिसा फोडेर हाम फालेका थिए ।

गुरुङको टाउकोमा गम्भीर चोट लागेको थियो । चरकमा उपचार हुन नसकेपछि फूलबारी स्थित मनिपाल अस्पताल पु¥याइएको थियो । उनको उपचारको क्रममा बिहीबार बेलुका ८ बजे मृत्यु भएको कास्की प्रहरी प्रवत्ता खड्कबहादुर खत्रीले जानकारी दिए ।

गुरुङ मानसिक रुपमा अस्वस्थ रहेकाले औषधि सेवन गरिरहेको पारिवारिक स्रोतले बताएको छ । अस्पताल आउनु अघि पनि अत्याधिक औषधि सेवन गरेको बताइए पनि परिवारले उनको बारेमा थप केही बोल्न नखोजेको खत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
अध्यादेशको विपक्षमा मतदान गर्छौँ : नेकपा एस

    नेकपा एकीकृत समावजवादीले सरकारले ल्याएको अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेको

नेकपा एसको अनेरास्ववियू फुट्यो, समानान्तर कमिटी घोषणा

    नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन (अनेरास्ववियू) को असन्तुष्ट पक्षले यही

बागमतीमा सवारीसाधनको डिजिटाइजेशन अभिलेख सुरू

    बागमती प्रदेशभित्रको सवारी साधनहरूको विद्युतीय अभिलेख सिर्जना (डिजिटाइजेशन) गर्ने काम सुरू

सुर्य रेमिट १६ औँ बर्षमा प्रवेश

  सुर्य रेमिटले १५औँ बार्षिक उत्सव मनाएको छ । रेमिटले बिभिन्न आरोह अबरोह