अस्पतालको सिसा फोरेर हामफाल्दा एकजनाको मृत्यु,घटनाको नालीबेली यस्तो छ



हाम्रो इकोनोमि

पोखराको नयाँबजारमा रहेको चरक मेमोरियल अस्पतालको आइसियु कक्षमा उपचार गरिरहेका युवराज गुरुङको सिसा फोरेर हाम फाल्दा मृत्यु भएको छ ।

लमजुङ्ग घर भइ पोखरा ११ फुलबारी बस्दै आएका ३० वर्षिय युवराज गुरुङ तीन दिनअघि उपचारका लागि नयाँबजारमा रहेको गण्डकी मेडिकल कलेजमा पुगेका थिए ।

त्यहाँबाट उनलाई चरक मेमोरियल अस्पतालमा रिफर गरिएको थियो । चरकको आइसियु कक्षमा उपचार गराइरहेका उनी बिहीबार बेलुका पौने पाँच बजे सिसा फोडेर हाम फालेका थिए ।

गुरुङको टाउकोमा गम्भीर चोट लागेको थियो । चरकमा उपचार हुन नसकेपछि फूलबारी स्थित मनिपाल अस्पताल पु¥याइएको थियो । उनको उपचारको क्रममा बिहीबार बेलुका ८ बजे मृत्यु भएको कास्की प्रहरी प्रवत्ता खड्कबहादुर खत्रीले जानकारी दिए ।

गुरुङ मानसिक रुपमा अस्वस्थ रहेकाले औषधि सेवन गरिरहेको पारिवारिक स्रोतले बताएको छ । अस्पताल आउनु अघि पनि अत्याधिक औषधि सेवन गरेको बताइए पनि परिवारले उनको बारेमा थप केही बोल्न नखोजेको खत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...