आइजीपीको फुली लगाउदै गर्दा भाबुक बनेका सर्वेन्द्रले प्रहरीलाई यस्तो कठोर उर्दी जारी गरे



हाम्रो इकोनोमि

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजको अपेक्षा अनुसार प्रहरी सेवालाई प्रवाह गरिने बताएका छन्। प्रहरी प्रधान कार्यालयमा प्रहरी अधिकृत तथा जवानलाई निर्देशन दिँदै नवनियुक्त महानिरीक्षक खनालले उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग गर्दै परिमाणमुखी अनुसन्धान गर्न निर्देशन दिए।

सरकारले चैत २७ गते प्रहरी महानिरीक्षकमा खनालको नाममा निर्णय गरेको थियो। लगत्तै प्रहरी प्रधान कार्यालयमा आज एक कार्यक्रमकाबीच गृहसचिव प्रेमकुमार राईले खनाललाई आइजिपीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए। सोही समारोहलाई सम्बोधन गर्दै आइजिपी खनालले आपराधिक क्रियाकलापमा संलग्नलाई कानुन बमोजिम कारबाही गर्न कुनै कसर बाँकी नराखी काम गर्न निर्देशन दिए।

उनले प्रहरी संगठनभित्रका आन्तरिक सुदृढीकरण, संरचनागत सुधार, प्रहरी कर्मचारीको वृत्ति विकास तथा सेवा सुविधा आफ्नो प्राथमिकताको विषय रहेको बताउँदै प्रहरीको मनोबल उच्च राख्न सदैव दृढ भएर लाग्ने बताए।

आइजिपी खनालले पेशागत आचारणविपरीत कार्य गर्ने एवं भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्नलाई कारबाही गरिने समेत बताए।

‘लामो इतिहास बोकेको प्रहरी संगठनमा अग्रजहरुले गरेका राम्रा कामको अनुसरण गर्दै,’ उनले भने, ‘संगठनको छविलाई अझ उच्च बनाउँदै लैजानुका साथै कर्मचारीहरुबीच आत्मीयता तथा भाइचाराको विकास गर्नुहोस्।’

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...