आइजीपीको फुली लगाउदै गर्दा भाबुक बनेका सर्वेन्द्रले प्रहरीलाई यस्तो कठोर उर्दी जारी गरे



प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजको अपेक्षा अनुसार प्रहरी सेवालाई प्रवाह गरिने बताएका छन्। प्रहरी प्रधान कार्यालयमा प्रहरी अधिकृत तथा जवानलाई निर्देशन दिँदै नवनियुक्त महानिरीक्षक खनालले उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग गर्दै परिमाणमुखी अनुसन्धान गर्न निर्देशन दिए।

सरकारले चैत २७ गते प्रहरी महानिरीक्षकमा खनालको नाममा निर्णय गरेको थियो। लगत्तै प्रहरी प्रधान कार्यालयमा आज एक कार्यक्रमकाबीच गृहसचिव प्रेमकुमार राईले खनाललाई आइजिपीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए। सोही समारोहलाई सम्बोधन गर्दै आइजिपी खनालले आपराधिक क्रियाकलापमा संलग्नलाई कानुन बमोजिम कारबाही गर्न कुनै कसर बाँकी नराखी काम गर्न निर्देशन दिए।

उनले प्रहरी संगठनभित्रका आन्तरिक सुदृढीकरण, संरचनागत सुधार, प्रहरी कर्मचारीको वृत्ति विकास तथा सेवा सुविधा आफ्नो प्राथमिकताको विषय रहेको बताउँदै प्रहरीको मनोबल उच्च राख्न सदैव दृढ भएर लाग्ने बताए।

आइजिपी खनालले पेशागत आचारणविपरीत कार्य गर्ने एवं भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्नलाई कारबाही गरिने समेत बताए।

‘लामो इतिहास बोकेको प्रहरी संगठनमा अग्रजहरुले गरेका राम्रा कामको अनुसरण गर्दै,’ उनले भने, ‘संगठनको छविलाई अझ उच्च बनाउँदै लैजानुका साथै कर्मचारीहरुबीच आत्मीयता तथा भाइचाराको विकास गर्नुहोस्।’

प्रतिक्रिया दिनुहोस
हेटौंडा-काठमाडौंको आधा दर्जन सडक अवरुद्ध

     हेटौंडा-काठमाडौं जोड्ने आधा दर्जन छोटा मार्ग अवरुद्ध भएका छन् । तीन

झ्याप्ले खोलामा थप ३ शव भेटियो

    झ्याप्ले खोलामा पुरिएको अवस्थामा थप ३ शव फेला परेको छ ।

सप्तकोशीमा पानीको बहाव अति खतराको संकेत पनि पार गर्यो

    सप्तकोशी नदीमा निरन्तर पानीको बहाव बढ्दै गएको छ । निरन्तर पानीको

बाढीपहिरो र डुबानबाट देशभर ११२ को मृत्यु, ६८ बेपत्ता

    अविरल वर्षासँगै निम्तिएको विपद्का कारण काठमाडौं उपत्यकाका साथै विभिन्न जिल्लामा ठूलो