बाम एकताको गोप्य दस्ताबेज भारतीय दुताबासलाई कसले बेच्यो,एमाले-माओबादी भित्र हंगामा



हाम्रो इकोनोमि

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणका लागि बनेका कार्यदलले तयार पारेका दस्तावेजहरू भारतीय राजदूतावासमा पुगेको छ ।भारतीय दूतावास लैनचौरमा दुईवटा दस्तावेजहरू पुगेपछि वाम गठबन्धनभित्र बबण्डर भएको स्रोतले बतायो ।

एमालेका वरिष्ठ नेता माधव नेपाल संयोजकत्वको वैचारिक दस्तावेज निर्माण कार्यदल र माओवादी केन्द्रका नेता तथा गृहमन्त्री रामबहादुर थापा संयोजकत्वको कार्यदलले पार्टी एकीकरणका लागि दस्तावेज बनाएको थियो । ती दुई कार्यदलले अधिकांस विवाद सल्टाएपनि तीनवटा विवाद भने सुल्झाउन सकेको थिएन । तर, यी दुई कार्यदलले बनाएको दस्तावेज भारतीय राजदूतावासमा पुगेकोपछि वाम गठबन्धन भित्र एकले अर्कालाई आरोप प्रत्यारोप लगाउन थालेका छन् ।

पार्टी एकीकरणका लागि बनेका दस्तावेजहरू एमाले र माओवादी केन्द्रका नेताहरूले लुकाएका थिए । तर, भारतीय राजदूतावासका एक कर्मचारीले आफू निकटका केही नेपाली पत्रकारहरूलाई दस्तावेज दिएपछि त्यसको रहस्य बाहिर आएको हो । स्रोतले भन्यो,‘एमाले र माओवादीका नेताहरूले पत्रकारले माग्दा पार्टी एकीकरणको दस्तावेज दिएनन् । तर, भारतीय राजदूतावासबाट ती दस्तावेजहरू पत्रकारहरूलाई दिइयो ।’ विवाद भएका विषय बाहिर नजाओस् भनेर एमाले र माओवादीका नेताहरूले ती दस्तावेज लुकाएका थिए ।

दस्तावेज भारतीय दूतावासमा कुन नेताले पु¥याएको हो भनेर एमाले र माओवादीभित्र खोजी सुरु भएको छ । वरिष्ठ नेता नेपाल संयोजकत्वको पार्टी एकता प्रतिवेदन कार्यदलमा एमालेबाट भीमबहादुर रावल, प्रदीप ज्ञवाली, रघुजी पन्त र सुवास नेम्वाङ रहेका छन् भने माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, पम्फा भुसाल र देवेन्द्र पौडेल रहेका छन् । माओवादी केन्द्रका नेता थापा संयोजकत्वको संगठनात्मक र विधान मस्यौदा कार्यदलमा एमालेबाट ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट, वेदुराम भुसाल, सुरेन्द्र पाण्डे र विष्णु पौडेल रहेका छन् भने माओवादी केन्द्रबाट थापाका साथै गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, मातृका यादव र वर्षमान पुन रहेका छन् ।

कार्यदलमा रहेका यी नेताहरूमध्येबाट दस्तावेजहरू भारतीय राजदूतावास पुगेको भनेर वाम गठबन्धभित्र एकले अर्कालाई आरोप लगाउन थालेका छन् । एमाले–माओवादी केन्द्रले लेनिन जयन्तीको अर्थात कम्युनिस्ट पार्टी स्थापना भएको दिन वैशाख ९ गतेलाई एकीकरण हुने भनेर प्रचार गरेका छन् । तर, पार्टी एकीकरण हुन्छ वा हुँदैन केही टुंगो लाग्न सकेको छैन । दुई पार्टीबीच एकतापछि चुनाव चिन्ह के राख्ने, केन्द्रदेखि तल्लो तहसम्मका पार्टी कमिटीमा कुन पार्टीका कति पदाधिकारी र सदस्य रहने तथा जनयुद्धलाई हेर्ने दृष्टिकोणका सम्बन्धी विवाद कायम छ ।

यी विषयमा देखिएको विवाद अब एकता संयोजन समितिले मिलाउने जनाइएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बराबरी हैसियतमा पार्टी एकीकरणको कुरा उठाएपछि एमालेका अध्यक्ष केपी ओली झस्किएका छन् । पदीय भागबण्डाको विषय जटिल बन्दै गएको छ । केन्द्रीय समितिमा एमाले एक तिहाईभन्दा बढी स्थान माओवादी केन्द्रलाई दिन तयार छैन । तर, माओवादी केन्द्र पनि ५० प्रतिशतभन्दा तल झर्न तयार छैन ।

जसले गर्दा पनि पार्टी एकीकरण हुनेमा अशंका पैदा भएको छ ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकले सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

    नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित गरी मुलुकका विभिन्न...

बागमती प्रदेशका निजीक्षेत्रले पनि सबै सरकारी सूचना पाउने

    बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले सरकारी टेन्डरबाहेकका सबै सूचना निजीक्षेत्रलाई पनि...

क–कसलाई भेटे अमेरिकी विदेशमन्त्री कपुरले

  दक्षिण एसिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल भ्रमण पूरा...

नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

    सुर्खेतस्थित प्रेदश अस्पतालमा सञ्चालित  ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १९४...