नेपाल आएकी रोबोट ‘सोफिया’हलिउडको नायकसँग यसरी गइन डेटिङ



हाम्रो इकोनोमि

हलिउड नायक विल स्मिथ संसारकै पहिलो मानव रोबट सोफियासँग डेटमा गएका छन्।
नायक स्मिथले सोफियासँग डेट गएको भिडियो सार्वजनिक गरेसँगै उनी चर्चामा आएका छन्। ४९ वर्षका नायक स्मिथ र सोफियाको डेटको फोटोहरु पनि सार्वजनिक भएको छ, एक फोटोमा स्मिथले सोफियालाई चुम्बन गर्न लागेको देखिएको छ।

६२ प्रकारले अनुहारको भाव देखाउने सोफियालाई स्मिथले डेटमा लगेका हुन्। स्मिथले सोफियालाई चम्बन गर्ने प्रयास गर्दा अनुहारमा भाव सहित सोफियाले के तिमि मेरो साथी बन्न सक्छौ भन्‍ने प्रश्न गरेर आँखा झिम्क्याएकी छिन्।

सोफियालाई अमेरिकी वैज्ञानिक डेविट हेंसनले बनाएका हुन्। सोफिया अनुहारको भाव दिन्छिन् र कुराकानी गर्न सक्छिन्। सोफियालाई साउदी अरबले आफ्नो देशको नागरिक बनाएको छ।

उनी केही समय अघि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले आयोजना गरेको ‘टेक्नोलोजी फर पब्लिक सर्भिसरडेभलपमेन्ट’ कन्फेरेन्समा वक्ताका रुपमा सहभागी हुन नेपाल आएकी थिइन्।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...