आतंककारी गतिबिधी र साइबर क्राइम चुनौती भएको भन्दै प्रधानमन्त्री ओलीले यस्ता कुरा फलाके



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको प्रमुख सुरक्षा चुनौती आतंककारी गतिविधि भएको बताएका छन्। नेपाली सेनाको अधिकृत क्याडेट तालिम र पदिक/हुद्या क्याडेट तालिमको आयुक्त पद प्रधान कार्यक्रमलाई बिहीबार श्री नेपाली सैनिक प्रतिष्ठान खरिपाटी भक्तपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आतंककारी गतिविधिले शान्ति सुरक्षा, अर्थतन्त्र र सामाजिक एकतामा प्रत्यक्ष आघात पार्ने बताए।

‘देशभित्र हिंसात्मक गतिविधीमा क्रियाशिल अतिवादी तत्वहरु,अन्तर्राष्ट्रिय आतंककारी गतिविधीको चुनौतीहरु साथै क्षेत्रीय र जातीय विद्वेषमा आधारित द्वन्द्वहरु अहिलेका वास्तविक खतरा हुन्’, प्रधानमन्त्री ओलीले भने, ‘यस प्रकारका खतरा विरुद्ध हाम्रा सुरक्षा निकाय सदैव तयार हुनु पर्दछ।’

प्रधानमन्त्री ओलीले २१ औं शताब्दीको अर्को महत्वपूर्ण चुनौती साइबर सुरक्षा भएको बताए। ‘यो प्रत्यक्ष हमला भन्दा पनि कारागार हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रिय सुरक्षाका विविध आयामका बारेमा जानकार रही साइबर सुरक्षाको विश्वसनीय योजना सहित सुरक्षा निकायहरु बिच असरदार समन्वय बनाउनु जरुरी छ।’

प्रधानमन्त्री ओलीले लामो अस्थिरता पछि देश स्थायित्व तर्फ अग्रसर भएको बताए। प्रधानमन्त्री ओलीले स्थायित्वको जगमा नेपालको विकास वर्तमान सरकारको लक्ष्य रहेको बताए। ‘हामी अहिले तुलनात्मक रुपमा स्थिर र शान्तिपूर्ण अवस्थामा छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘तर हामी सधैं भविष्यमा उत्पन्न हुन सक्ने खतराका बारेमा सतर्क रहनु जरुरी छ।’

प्रधानमन्त्री ओलीले नेपाली सेनाले राष्ट्र निर्माणका लागि नेपाली जनतासँग काँधमा काँध मिलाउदै आएकोमा प्रशंशा गरे। नेपाली सैनिकहरुले विश्वका द्वन्द्वग्रस्त मुलुकहरुमा पुर्‍याएको योगदानलाई नेपाललाई शान्ति सैनिकहरुको देशको रुपमा चिनाएको प्रधानमन्त्री ओलीको भनाइ छ।

प्रधानमन्त्री ओलीले भने, ‘नेपाली सेना विविध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जिम्मेवारीहरु पुरा गर्न सक्षम बहुआयामिक संगठनको रुपमा विकशित भएको छ।’

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...