दुवै अध्यक्षको आलटालले एकता संयोजन समितिको बैठक अनिश्चित,चितवन पुगेर यसो भने प्रचण्डले



एमाले र माओवादी केन्द्रबिच पार्टी एकताका लागि गठित एकता संयोजन समितिको बैठक अझै अनिश्चित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणबाट आइतबार फर्के लगत्तै संयोजन समितिको बैठक बस्ने भनिए पनि बिहीबारसम्म बैठक कहिले बस्ने टुंगो लाग्न नसकेको हो ।

एकता गर्दा केन्द्रीय समितिमा दुई पार्टीबिच कुन अनुपातमा सदस्य राख्ने भन्ने विषयमा कुरा मिल्न नसक्दा संयोजन समितिको बैठक अनिश्चि बनेको स्रोतको भनाई छ ।

प्रधानमन्त्रीको भारत भ्रमणअघि २२ गते बालुवाटारमा बसेको संयोजन समितिको बैठकले प्रधानमन्त्री फर्के लगत्तै ठोस निर्णय लिने बताएको थियो ।

एकता संयोजन समितिको बैठक बस्न नसकेपछि नेताहरु काठमाडौं बाहिरका साना कार्यक्रममा व्यस्त हुन थालेका छन् । नेताहरुले केही विषयमा गम्भीर छलफल भइरहेको जनाएका छन् ।

बिहीबार चितवनमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अबको बैठकले वैशाख ९ गते पार्टी एकता घोषणा हुने गरी टुंगो लगाउने दाबी गरेका छन् ।

भरतपुर महानगरपालिका वडा नं १४, पकौडीमा बिहीबार आयोजित शोकसभामा उनले आफू शुक्रबार काठमाडौं फर्किएपछि दुई पार्टीका बिचमा हुने बैठकले पार्टी एकता घोषणाको अन्तिम रुप दिने दाबी गरे ।

उनले दुई कार्यदलले तयार गरेको प्रतिवेदनमा खासै असहमति नभएको बताए । विधानमा केही छलफल गरेपछि टुंगो लाग्ने भन्दै प्रचण्डले भने, ‘पार्टी एकता टुङ्ग्याउने समयमा एक दुई वटा विषयमा गहन छलफल होस् भन्ने चाहना हुन्छ, त्यो हामी टुङ्ग्याउँछौँ ।’

मिडियाबाट आएका कतिपय समाचार भ्रामक रहेको भन्दै उनले पार्टी एकताको गतिमा कुनै अवरोध नरहेको दाबी गरे । प्रचण्डले जनताको अहिलेको अपेक्षा विकास निर्माणमा तीव्रता र अशान्ति एवं अराजकताको अन्त्य भएको भन्दै उनले त्यसको पक्षमा आफूहरु रहेको उल्लेख गरे ।

अध्यक्ष दाहालका आफ्नै सालो (सीता दाहालका भाइ) महाप्रसाद पौडेलको निधनको सातौँ दिनमा बिहीबार माआवादी १४ नं. वडा कमिटीले श्रद्धाञ्जलिसभाको आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस
सप्तकोशीमा पानीको बहाव अति खतराको संकेत पनि पार गर्यो

    सप्तकोशी नदीमा निरन्तर पानीको बहाव बढ्दै गएको छ । निरन्तर पानीको

बाढीपहिरो र डुबानबाट देशभर ११२ को मृत्यु, ६८ बेपत्ता

    अविरल वर्षासँगै निम्तिएको विपद्का कारण काठमाडौं उपत्यकाका साथै विभिन्न जिल्लामा ठूलो

काभ्रेमा दुईकाे मृत्य, ९ जना बेपत्ता

    निरन्तरको वर्षाले काभ्रेमा हालसम्म दुई जनाकाे मृत्यु र नौ जना बेपत्ता

नारायणी नदीले एक सयभन्दा बढी घर डुबानमा

    नारायणी नदीमा आएको बाढीले नवलपरासीको गैंडाकोटस्थित सुकुम्बासी बस्ती र बोटे टोल