काठमाडौँमा ५ करोड नक्कली भारु यसरी भयो बरामद



हाम्रो इकोनोमि

प्रहरीले काठमाडौंमा ठुलो मात्रामा नक्कली भारतीय रुपैयाँ बरामद गरेको छ। महानगरीय प्रहरी परिसरले करिब ५ करोड रुपैयाँ भारु बरामद गरेको हो।

नेपाल हुँदै भारत तस्करी गर्न लागिएको भारु बरामद भएको हो। बरामद भारु नयाँ नोटहरु भएको आशंका गरिएको छ। ती नक्कली नोट तेस्रो मुलुकबाट आएको आशंका गरिएको छ।

भारत सरकारले पुराना नोटहरुलाई प्रतिबन्ध लगाउँदै नयाँ नोटहरु सार्वजनिक गरेको थियो। कालो धन निरुत्साहित गरी नक्क्ली नोटको कारोबार रोक्न त्यस्तो कदम चालिएको थियो।

भारतमा ५ सय र एक हजार दरका पुराना नोट प्रतिबन्ध लगाएको १७ महिना भइसकेको छ। त्यसयता नेपालमा नक्कली भारु बरामद भएको थिएन। अहिले फेरी परिणाममा नयाँ डिजाइनका नक्कली नोट बन्न थालेका छ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...