नवलपरासीमा जीप दुर्घटना, १ को मृत्यु, ८ गम्भीर



हाम्रो इकोनोमि

नवलपरासी बर्दघाट सुस्ता पूर्वको बुलिंगटार गाउँपालिकाको सिमार्दी भन्ने ठाउँमा आज बिहान जीप खस्दा एकको ज्यान गएको छ भने ८ जना गम्भीर घाइते भएका छन् ।

बुलिंगटार गाउँपालिका–६ का वडाध्यक्ष सूर्यबहादुर राना मगरले दिएको जानकारी अनुसार, बिहान ७ बजे भारतीपुरबाट दलदलेतर्फ आउँदै गरेको ग १ ज ५३३७ नम्बरको जीप बुलिंगटार गाउँपालिका– ५ र ६ को बीचमा पर्ने सिमार्दी भन्ने ठाउँमा कच्ची सडकबाट खस्दा घटनास्थलमा १ जनाको मृत्यु भएको छ भने ८ जना गम्भीर घाइते भएका छन् ।

मृतकको सनाखत हुन सकेको छैन ।दुर्घटनाका घाइतेहरुलाई अहिले उद्धार गर्ने काम भइरहेको र घटनास्थल दलदलेबाट करिब ३५ किलोमिटर उत्तरतर्फ पहाडको खोंचमा रहेकाले उद्धारमा कठिनाई भइरहेको वडाध्यक्ष सूर्यबहादुर रानाले जानकारी दिए ।सो स्थानमा हालसम्म प्रहरी पुग्न नसकेको र स्थानीयले उद्धार कार्यमा सहयोग गरिरहको अध्यक्ष राना मगरले बताए । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...