नवलपरासीमा जीप दुर्घटना, १ को मृत्यु, ८ गम्भीर



हाम्रो इकोनोमि

नवलपरासी बर्दघाट सुस्ता पूर्वको बुलिंगटार गाउँपालिकाको सिमार्दी भन्ने ठाउँमा आज बिहान जीप खस्दा एकको ज्यान गएको छ भने ८ जना गम्भीर घाइते भएका छन् ।

बुलिंगटार गाउँपालिका–६ का वडाध्यक्ष सूर्यबहादुर राना मगरले दिएको जानकारी अनुसार, बिहान ७ बजे भारतीपुरबाट दलदलेतर्फ आउँदै गरेको ग १ ज ५३३७ नम्बरको जीप बुलिंगटार गाउँपालिका– ५ र ६ को बीचमा पर्ने सिमार्दी भन्ने ठाउँमा कच्ची सडकबाट खस्दा घटनास्थलमा १ जनाको मृत्यु भएको छ भने ८ जना गम्भीर घाइते भएका छन् ।

मृतकको सनाखत हुन सकेको छैन ।दुर्घटनाका घाइतेहरुलाई अहिले उद्धार गर्ने काम भइरहेको र घटनास्थल दलदलेबाट करिब ३५ किलोमिटर उत्तरतर्फ पहाडको खोंचमा रहेकाले उद्धारमा कठिनाई भइरहेको वडाध्यक्ष सूर्यबहादुर रानाले जानकारी दिए ।सो स्थानमा हालसम्म प्रहरी पुग्न नसकेको र स्थानीयले उद्धार कार्यमा सहयोग गरिरहको अध्यक्ष राना मगरले बताए । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ...

एमाले गुगलमा होईन भूगोलमा हुन्छ : महेश बस्नेत

    नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा...

चीनको १५आौं पञ्चवर्षीय योजनाबाट नेपाल लाभान्वित हुनुपर्छ

    चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष...

दुई वटा बस ठोकिँदा ट्रिपर चालकको मृत्यु

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङ, थाक्रे–६, दसकिलोमा बस दुर्घटना हुँदा एक जनाको...