दिल्लीमा चोरिएको मोबाइल काठमाडौंमा यसरी हुन्छ बिक्री,पर्यटक बोक्ने गाडीबाट हुन्छ मोबाइल तस्करी



झट्ट हेर्दा सुमित्रा श्रेष्ठलाई मोबाइल तस्करीको मतियार भनेर पत्याउन गाह्रै पर्छ ।
तर, बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलको कार्यकक्षमा भेटिएकी सुमित्राले आफूले भारतबाट पठाएको मोबाइल बेच्ने गरेको स्वीकार गरेकी छिन् ।

सुमित्राले तस्करको माध्यमबाट आउने ग्राहकहरुलाई विगत ९ महिनादेखि भारतबाट भन्सार छलेर ल्याएको मोबाइल विक्री गर्दै आएको स्वीकार्दै भनिन्, ‘९ महिनादेखि भारतबाट पठाएको मोबाइल बेच्दै आएको छु, बालबच्चा पढाउनुपर्छ अरु पेशा छैन नबेचेर के गर्नु ?’

एउटा मोबाइल बराबर सुमित्राले ५ सय रुपैयाँ कमिशन पाउँदै आएकी थिइन् । मंगलबार दिल्लीबाट काठमाडौं आउँदै गरेको बसका चालकसँग मोबाइल रिसीभ गर्न कलंकी पुगेको बेला सुमित्रा र उनका श्रीमान् तिलक श्रेष्ठलाई महानगरीय प्रहरी वृत कालिमाटीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

दिल्लीबाट काठमाडौं चल्ने पर्यटक बसबाट भारतमा चोरी भएका मोबाइल नेपाल ल्याएर बेच्ने गिरोह नै रहेको बताइएको छ । त्यस्तो तस्करीमा पर्यटक बसका चालक र सह–चालक समेत संलग्न हुने गरेका छन् ।

‘दिल्लीबाट काठमाडौं आएको बा. ५ ख १२३५ नम्बरको पर्यटक गाडीबाट विभिन्न कम्पनीका १३० थान मोबाइल बारामद गरेका छौं’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले भने, ‘यस्ता अवैध मोबाइल ल्याउने र विक्री गर्ने गिरोहबारे थप अनुसन्धान गरिरहेका छौँ ।’

प्रहरीले बा. ५ ख १२३५ नम्बरको पर्यटक गाडीका चालक रामेछापको दोरम्बा स्थायी घर भएका कृष्ण थापा मगर, अर्का चालक दोलाखा स्थायी घर भएका हरि बहादुर श्रेष्ठ र सिन्धुली स्थायी घर भएका सह–चालक भुवन बहादुर भुजेललाई नियन्त्रणमा लिएर मुद्दा चलाएको छ ।

ड्राईभरको सिटमाथी फल्स बटम बनाएर लुकाई छिपाई ल्याएको उक्त मोबाइल सुमित्रा श्रेष्ठले रिसीभ गरेर तस्करले भनेका ब्यक्तिहरुलाई बिक्री गर्ने गरेको बताइएको छ । ‘

उनीहरुले भनेको मान्छेलाई बेच्ने गरेको थिएँ’ सुमित्राले भनिन्, ‘एउटा मोबाइल बापत पाँच सय कमिशन आउँथ्यो ।’ सुमित्राले आफूसँगै पक्राउ परेको उनको पती तिलक श्रेष्ठको उक्त तस्करीमा संलग्नता नभएको जिकीर गरेकी छिन् । ‘यसमा मेरो श्रीमान्को दोष छैन,’ उनले भनिन्, ‘छोराछोरी पढाउनका लागी मैले बेचेको हुँ ।’

ठूलो परिणाममा फेला परेको उक्त मोबाइल तस्करीमा संलग्न मुख्य तस्करको खोजी कार्य भइरहेको एसएसपी पोखरेलले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्