दुवै आईजिपीले आजै कार्यभार सम्हाल्ने,फुली लगाउने साइत भोली बिहानलाई निस्कियो



नेपाल प्रहरी र सशस्त्र प्रहरीका बलमा नवनियुक्त आईजिपीले बुधबारदेखि नै कार्यभार सम्हाल्दैछन्। बुधबार नै दुवै संगठनका अवकाश पाउन लागेका आईजिपीको बिदाई हुँदै छ।

नेपाल प्रहरीका आईजिपी प्रकाश अर्याल र सशस्त्र प्रहरी बलका सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवहदका कारण अवकाश पाउन लागेका हुन्। उनीहरुलाई संगठनले बिदाई कार्यक्रम राखेको छ। उनीहरुको बिदाईपछि दुवै संगठनका नयाँ आईजिपीले कमाण्ड सम्हाल्ने छन्।

दुवै आईजिपीले फुली भने बिहिबार लगाउने छन्। गृह मन्त्रालयले बिहिबार बिहान फुली लगाउने कार्यक्रम राखेको छ। गृहसचिवले नवनियुक्त आईजिपीलाई फुली लगादिने प्रचलन छ।
नेपाल प्रहरीका महानिरीक्षकसहित १५ जना एआईजी, ९ जना डिआईजी र एक जना एसएसपीले अवकाश पाउँदैछन्। सबैलाई एकैपटक बिदाई गर्न लागिएको छ।

त्यस्तै सशस्त्र प्रहरीका आईजिपी श्रेष्ठसहित एआईजीद्वय प्रेमबहादुर शाही र प्रकाश ओझाले पनि बुधबारदेखि नै अवकाश पाउँदैनछ्न।

प्रतिक्रिया दिनुहोस
बाढीपहिरो र डुबानबाट देशभर ११२ को मृत्यु, ६८ बेपत्ता

    अविरल वर्षासँगै निम्तिएको विपद्का कारण काठमाडौं उपत्यकाका साथै विभिन्न जिल्लामा ठूलो

काभ्रेमा दुईकाे मृत्य, ९ जना बेपत्ता

    निरन्तरको वर्षाले काभ्रेमा हालसम्म दुई जनाकाे मृत्यु र नौ जना बेपत्ता

नारायणी नदीले एक सयभन्दा बढी घर डुबानमा

    नारायणी नदीमा आएको बाढीले नवलपरासीको गैंडाकोटस्थित सुकुम्बासी बस्ती र बोटे टोल

हनुमन्ते खोलाले ग्यास बुलेट बगायो

    अति भारी वर्षाका कारण आएको भक्तपुरस्थित हनुमन्ते खोलाको बाढीले ग्यास बुलेट