गृहमन्त्री रामबहादुर थापा ‘बादल’को प्रस्तावमा सिन्डिकेटको ‘जरा’ उखेलिने, आजै मन्त्रिपरिषदले निर्णय गर्ने



हाम्रो इकोनोमि

यातायात व्यवसायी संघ/समितिहरुको नविकरण नगर्ने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ । यातायात समितिहरु संघसंस्था दर्ताअन्तर्गत जिल्ला प्रशासन कार्यालयमा दर्ता हुँदै आएका छन् ।

गृहमन्त्रालयले मंगलबारको मन्त्रिपरिषद बैठकमा अबदेखि यातायात समितिहरुको नवीकरण नगर्ने प्रस्ताव लगेको हो । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले लगेको प्रस्ताव पारित भएमा यातायातमा ब्याप्त सिन्डिकेटको ‘जरा’ उखेलिने छ ।

 

देशभर रुट परमिट खुला गरेपछि यातायात व्यवसायीले सरकारका विरुद्ध घुँडा टेकाउने भन्दै आन्दोलनको घोषणा गरेका छन् । उनीहरुले यातायात हड्तालदेखि नेपालबन्द सम्म गर्ने चेतावनी दिएका छन् ।  तर, सरकारले सिन्डिकेटधारी यातायात समितिविरुद्ध अझै कठोर बन्ने संकेत गरेको छ ।

नाफामुखी संस्थाहरू कम्पनीका रूपमा दर्ता हुनुपर्छ, तर यातायात समिति गैरसरकारी संस्था (एनजीओ)का रूपमा दर्ता हुँदै आएका छन् ।

एनजीओका रूपमा दर्ता भएका संस्था गैरनाफामूलक, गैरव्यापारिक र गैरराजनीतिक चरित्रको हुनुपर्ने प्रावधान छ । तर यातायात समितिहरूले नाफामूलक, व्यापारिक र राजनीतिक काम गर्दै आएका छन् ।

उनीहरूले निजी सवारी धनी (कार वा मोटरसाइकल)ले जस्तै सवारी कर, सवारी परीक्षण शुल्क र रुट परमिटको रुपमा दस्तुर तिर्छन् । तर, यात्रुबाट प्राप्त रकमबाट एक रुपैयाँ पनि कर तिर्दैन् ।

सार्वजनिक यातायात सरकारले भनेअनुसार सञ्चालन हुनुपर्ने हो । तर नेपालका सार्वजनिक यातायात व्यवसायी समितिहरु निजी समूहको कब्जामा छन् र उनीहरुले उल्टै सरकारलाई घुँडा टेकाउने धम्की दिइरहेका छन् ।

रुटहरुमा अन्य सवारीलाई निषेध गर्दै समितिहरुले किनबेच गर्ने गरेका छन् । नयाँ बस लिएर व्यवसायीलाई नै आउन नदिने समितिहरु नवीकरण नभए उनीहरुको वैधानिकता सकिनेछ ।

सरकारले २०७१ सालमा पिन ११ महिना समितिहरूको नवीकरण रोकेको थियो । तर, तत्कालीन गृहमन्त्री शक्तिबहादुर बस्नेतले त्यसलार्इ खुलाउँदै सिन्डिकेटको संरक्षण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...