नयाँ आइजिपी बारे गलफत्ती चल्दै,क्याबिनेट आज बसे पनि गृह सचिबको यस्तो आयो कुरा



हाम्रो इकोनोमि

नेपाल प्रहरीको नयाँ नेतृत्वका बारेमा मंगलबार सरकारले महत्वपूर्ण निर्णय गर्ने सम्भावना छ ।
नयाँ आइजिपी नियुक्तिको विषयमा छलफल गरी निर्णय गर्न मन्त्रीपरिषदको बैठक बस्दैछ । ३० वर्षे सेवा अवधिका कारण अहिलेका आइजिपी प्रकाश अर्यालले अवकार पाउँदै छन् ।
यहि कारण सरकारले मंगबार नै नयाँ आइजिपीका बारेमा निर्णय गर्ने सम्भावना छ । नयाँ आइजिपीका लागि सवेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्कीको चर्चा छ ।

बुधबार मध्यरातबाट दुबै संगठनका महानिरीक्षक अनिबार्य अवकाशमा जाने भएपनि गृहमन्त्रालयमा यो बिषयमा छलफल हुन सकेको छैन।

गृह सचिव प्रेमकुमार राईले महानिरीक्षक चयनको बिषय बुधबारमात्र टुङगिने बताए।
मंगलबार विहान साढे नौ बजे बालुवाटारमा बस्ने मन्त्रिपरिषद् बैठकले महानिरीक्षक चयन गर्ने बताईएपनि गृहबाट प्रत्यासीको टिप्पणी उठाउने सचिवबाटै बुधबारसम्मको डेटलाईन आएको हो।

गृहस्रोतका अनुसार सोमबार पदभार ग्रहण गरेका सचिव राईले दुबै संगठनका महानिरीक्षक प्रत्यासीको विवरण भने मगाएका छन।

नेपाल प्रहरीबाट डिआईजीत्रय सर्वेन्द्र खनाल, रमेशप्रसाद खरेल र पुष्कर कार्की तथा सशस्त्रबाट शैलेन्द्र खनाल र पुष्पराम केसीमध्ये एक एक जना महानिरीक्षक चयन हुनेछन।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...