गुन्डा नाइके गणेश लामालाई जेलमा कोच्न सिडियोले दिए यस्तो आदेश



हाम्रो इकोनोमि

गुन्डा नाइके गणेश लामालाई जेल चलान गरिएको छ।
हातहतियार तथा खरखजाना मुद्दामा लामालाई काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माको इजलासले पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो।

जिल्ला सरकारी वकिल कार्यालयले एक वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको माग गरी आइतबार लामा विरुद्ध प्रशासन कार्यालयमा मुद्दा दायर गरेको थियो।

लामालाई डिल्लीबजार सदर खोर लगिएको छ। मुद्दाको फैसला नभएसम्म उनी कारागारमै रहनेछन्।

उनी ६ राउन्ड गोली र पेस्तोलसहित गत फागुन ३० गते गौशालाको पिङ्गलास्थानबाट पक्राउ परेका थिए।

लामामाथि आक्रमण प्रयास भएपछि उनले पेस्तोल निकालेर फायर गर्दैगर्दा उनी पक्राउ परेको प्रहरीले जनाएको छ। तर, लामाले भने बरामद पेस्तोल आफ्नो नभई आफूलाई आक्रमण गर्न खोज्ने व्यक्तिको भएको दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...