मुख्यमन्त्री सवार विमान दुर्घट्ना हुन बाट यसरी जोगियो



हाम्रो इकोनोमि

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सवार श्रीएयरलाईन्सको विमान दुर्घट्नाबाट जोगिएको छ ।
काठमाडौंबाट नेपालगन्जको लागि उडेको विमानमा समस्या आएपछि भैरहवा विमानस्थलमा आकस्मिक अवतरण गरेको मुख्यमन्त्री शाहीले जानकारी दिए ।

त्रिभूवन विमानस्थल काठमाडौंबाट दिउँसो करिब साढे दुई बजे बाँके नेपालगंजका लागि उडेको विमान मौसम खरावीका कारण भैरहवामा आकस्मिक अवतरण गरेको शाहीले बताए ।

मुख्यमन्त्री शाहीले विमान सकुशल भैरहवामा अवतरण गरेको जानकारी दिएका छन् । उनले भने,‘हामी करिब साढे दुईबजे अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगंजको लागि उडेका थियौं, दाङको आकाशमा पुग्दा मौसम खराव भएको अनुमान गर्यौ, पश्चिममा निक्कै ठूलो पानि परेकोले मौसम खराब भएको हो, विमान दुर्घट्नाबाट जोगियो, हामी सबै सकुशल छौं ।’

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...