प्रधानमन्त्री ओलीको भारत भ्रमण सफल र उपलब्धिमूलक भन्दै कांग्रेस नेताले यसरी गरे तारिफ



हाम्रो इकोनोमि

नेपाली कांग्रेसका नेता रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको तीनदिने भारत भ्रमण सफल भएको बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता महतले नेपालका कुनै पनि प्रधानमन्त्रीको भारत भ्रमण अहिलेसम्म असफल नभएको समेत स्पष्ट पारे।

‘अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीको भ्रमण असफल भएको छैन। उहाँको भ्रमण पनि सद्भावपूर्ण भ्रमण थियो। भ्रमण सफल भएको छ’, उनले भने ‘दुई देशबीचको सम्बन्ध सुधारमा भ्रमणले महत्वपूर्ण भूमिका खेलेको छ। भ्रमण फलदायी र उपलब्धिमूलक भएको कांग्रेसको निष्कर्ष छ।’

उनले प्रधानमन्त्रीको भारत भ्रमण सफल भए पनि कुनै ऐतिहासिक नभएको टिप्पणी समेत गरे। नेपालको संविधान जारी गर्दा नेपाल–भारतबीच रहेको असमझदारीलाई स्वयं भारतले पनि महसुस गरेकाले भारत नेपालसँग सम्बन्ध सुधार गर्न इच्छुक रहेको उनको भनाइ छ।

पूर्व परराष्ट्रमन्त्री समेत रहेका नेता महतले प्रधानमन्त्री ओलीलाई विमानस्थलमा वरिष्ठ मन्त्रीले स्वागत गर्नु, पन्तनगरमा विद्यावारिधिको उपाधि दिनु र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ‘वान–टु–वान’ भेटवार्ता हुनु नै राम्रो कुरा भएको बताए।

प्रतिक्रिया दिनुहोस
देशको परिस्थिति सहज छैन : प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको परिस्थिति...

अब प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने : एमाले

    प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) ले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री...

चितवनमा देशकै ठूलो इन्धन भण्डारण गृह निर्माण सुरु

     इन्धन आपूर्तिको दीर्घकालीन सुरक्षा र भण्डारण क्षमता बढाउने रणनीतिक योजना अन्तर्गत...

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत

     निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत अनुमोदन भएको...