प्रधानमन्त्री ओलीको भारत भ्रमण सफल र उपलब्धिमूलक भन्दै कांग्रेस नेताले यसरी गरे तारिफ



नेपाली कांग्रेसका नेता रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको तीनदिने भारत भ्रमण सफल भएको बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता महतले नेपालका कुनै पनि प्रधानमन्त्रीको भारत भ्रमण अहिलेसम्म असफल नभएको समेत स्पष्ट पारे।

‘अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीको भ्रमण असफल भएको छैन। उहाँको भ्रमण पनि सद्भावपूर्ण भ्रमण थियो। भ्रमण सफल भएको छ’, उनले भने ‘दुई देशबीचको सम्बन्ध सुधारमा भ्रमणले महत्वपूर्ण भूमिका खेलेको छ। भ्रमण फलदायी र उपलब्धिमूलक भएको कांग्रेसको निष्कर्ष छ।’

उनले प्रधानमन्त्रीको भारत भ्रमण सफल भए पनि कुनै ऐतिहासिक नभएको टिप्पणी समेत गरे। नेपालको संविधान जारी गर्दा नेपाल–भारतबीच रहेको असमझदारीलाई स्वयं भारतले पनि महसुस गरेकाले भारत नेपालसँग सम्बन्ध सुधार गर्न इच्छुक रहेको उनको भनाइ छ।

पूर्व परराष्ट्रमन्त्री समेत रहेका नेता महतले प्रधानमन्त्री ओलीलाई विमानस्थलमा वरिष्ठ मन्त्रीले स्वागत गर्नु, पन्तनगरमा विद्यावारिधिको उपाधि दिनु र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ‘वान–टु–वान’ भेटवार्ता हुनु नै राम्रो कुरा भएको बताए।

प्रतिक्रिया दिनुहोस
बाढीपहिरो र डुबानबाट देशभर ११२ को मृत्यु, ६८ बेपत्ता

    अविरल वर्षासँगै निम्तिएको विपद्का कारण काठमाडौं उपत्यकाका साथै विभिन्न जिल्लामा ठूलो

काभ्रेमा दुईकाे मृत्य, ९ जना बेपत्ता

    निरन्तरको वर्षाले काभ्रेमा हालसम्म दुई जनाकाे मृत्यु र नौ जना बेपत्ता

नारायणी नदीले एक सयभन्दा बढी घर डुबानमा

    नारायणी नदीमा आएको बाढीले नवलपरासीको गैंडाकोटस्थित सुकुम्बासी बस्ती र बोटे टोल

हनुमन्ते खोलाले ग्यास बुलेट बगायो

    अति भारी वर्षाका कारण आएको भक्तपुरस्थित हनुमन्ते खोलाको बाढीले ग्यास बुलेट