माओवादी लडाकुको १६ बर्षदेखिको टाउकाको गोली प्रचण्डको लगानीमा संचालित अस्पतालले यसरी निकालीदियो



हाम्रो इकोनोमि

माओवादी सशस्त्र संघर्षका क्रममा १६ वर्षदेखि टाउकोमा गोली लिएर बसेकी एकजना महिलाको शल्यक्रिया विएण्डसी टिचिङ हस्पिटलले निःशुल्क गरिदिएको छ। हस्पिटलका न्यूरो सर्जनद्वय डा. पंकज नेपाल र डा. दिनेश थापा नेतृत्वको टोलीले साँढे पाँच घन्टा लगाएर माओवादी पूर्व लडाकु अनुपा राईको टाउकोमा रहेको गोली निकालेको हो। उक्त हस्पिटल दुर्गा प्रसाईको हो र त्यहाँ माओबादी अध्यक्ष प्रचण्डको समेत लगानी रहेको श्रोतको भनाइ छ।बाम एकता सम्बन्धी बैठक पटक पटक उनै प्रसाईको भक्तपुरको घरमा हुने गरेको र प्रचण्ड र ओलीले समेत त्यहि गोप्य वार्ता समेत गर्ने गरेका छन्।

२०५९ साल बैशख २४ गते भोजपुरको चैनपुर आक्रमणका क्रममा सेनाको बंङ्करमा परी हिलिहाङ गाउँपालिका –७ पाँचथरकी राई घाइते भएकी थिइन्। सशस्त्र संघर्षका क्रममा राईलाई गोली लागेको थियो।

उनको शरीरका दुईवटा गोली निकालिएको न्यूरो सर्जन डा. पंकज शर्माले बताए। टाउकोमा दिमागलाई नै असर गर्ने गरी रहेको एउटा र अर्को घाँटीमा रहेको गोली निकालिएको उनले जानकारी दि।

गत मंगलबार राईको शल्यक्रिया भएको थियो। शल्यक्रियापछि आफू स्वस्थ रहेको राइले बताइन्। आफ्ना लागि निःशुल्क शल्यक्रिया गरिदिएकोमा हस्पिटललाई उनले धन्यवाद दिइन्। राईले भनिन्, ‘मेरो उपचारका लागि यत्रो ठूलो सहयोग गरिदिनु भएकोमा अस्पताललाई धन्यवाद दिन्छु।’

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...