माओवादी लडाकुको १६ बर्षदेखिको टाउकाको गोली प्रचण्डको लगानीमा संचालित अस्पतालले यसरी निकालीदियो



हाम्रो इकोनोमि

माओवादी सशस्त्र संघर्षका क्रममा १६ वर्षदेखि टाउकोमा गोली लिएर बसेकी एकजना महिलाको शल्यक्रिया विएण्डसी टिचिङ हस्पिटलले निःशुल्क गरिदिएको छ। हस्पिटलका न्यूरो सर्जनद्वय डा. पंकज नेपाल र डा. दिनेश थापा नेतृत्वको टोलीले साँढे पाँच घन्टा लगाएर माओवादी पूर्व लडाकु अनुपा राईको टाउकोमा रहेको गोली निकालेको हो। उक्त हस्पिटल दुर्गा प्रसाईको हो र त्यहाँ माओबादी अध्यक्ष प्रचण्डको समेत लगानी रहेको श्रोतको भनाइ छ।बाम एकता सम्बन्धी बैठक पटक पटक उनै प्रसाईको भक्तपुरको घरमा हुने गरेको र प्रचण्ड र ओलीले समेत त्यहि गोप्य वार्ता समेत गर्ने गरेका छन्।

२०५९ साल बैशख २४ गते भोजपुरको चैनपुर आक्रमणका क्रममा सेनाको बंङ्करमा परी हिलिहाङ गाउँपालिका –७ पाँचथरकी राई घाइते भएकी थिइन्। सशस्त्र संघर्षका क्रममा राईलाई गोली लागेको थियो।

उनको शरीरका दुईवटा गोली निकालिएको न्यूरो सर्जन डा. पंकज शर्माले बताए। टाउकोमा दिमागलाई नै असर गर्ने गरी रहेको एउटा र अर्को घाँटीमा रहेको गोली निकालिएको उनले जानकारी दि।

गत मंगलबार राईको शल्यक्रिया भएको थियो। शल्यक्रियापछि आफू स्वस्थ रहेको राइले बताइन्। आफ्ना लागि निःशुल्क शल्यक्रिया गरिदिएकोमा हस्पिटललाई उनले धन्यवाद दिइन्। राईले भनिन्, ‘मेरो उपचारका लागि यत्रो ठूलो सहयोग गरिदिनु भएकोमा अस्पताललाई धन्यवाद दिन्छु।’

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...