ओली र प्रचण्ड आइजीपी कसलाई बनाउने भन्ने बैठकमा ब्यस्त,आजै निर्णय हुने यस्तो आयो सूचना



नेपाल प्रहरीमा वर्तमान आईजीपी प्रकाश अर्यालले यही २९ चैतबाट अककाश पाउने भएपछि नयाँ आईजीपी बन्न दौडधुप सुरु भएको छ ।

नेतृत्व फेरिन तीन दिन मात्रै बाँकी रहँदा प्रहरी डिआईजीहरु नयाँ आईजीपी बन्ने दौडमा लागेका हुन् ।
आइजिपीका उम्मेदवारका रुपमा डिआईजी सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्पकर कार्कीको नाम अगाडि छ । तीनै जना डिआईजीहरुले पहरीको आफ्नो भागमा पार्न सक्रियता बढाएका छन् ।

नयाँ आईजीपी कसलाई बनाउने भन्नेबारे सत्तारुढ दल एमाले र माओवादी केन्द्रबीच छलफल भएको माओवादी केन्द्रका एक नेताले बताए । उनका अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री ओलीबिच यस विषयमा छलफल भइरहेको छ । आजै अबेर क्याबिनेटको बैठक राखी आइजीपी नियुक्त गर्ने सोचमा ओली छन्।
३० वर्षे सेवा अवधिका कारण वर्तमान आईजीपी अर्याल २९ चैतबाट विदा हुँदैछन् ।

प्रकाशित मिति : २६ चैत्र २०७४, सोमबार  ०८ : १५  बजे

प्रतिक्रिया दिनुहोस
पठनपाठन राेकिएपछि इन्जिनियरिङका विद्यार्थीको प्रदर्शन

     त्रिविको कारण पठनपाठन ठप्प भएको भन्दै इन्जिनियरिङका विद्यार्थीहरुले प्रदर्शन गरेका छन्

भदौ ३१ मा प्रधानमन्त्री ओलीको दिल्ली भ्रमण

    प्रधानमन्त्री केपी शर्मा ओलीको बहुप्रतीक्षित भारत भ्रमण भदौ ३१ मा हुने

केपी ओली र विद्या भण्डारीबीच भेटघाट हुँदै

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विद्यादेवी

वित्तीय प्रणालीबाट ५० अर्ब तान्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतबार ५० अर्ब रुपैयाँ खिच्ने भएको