आँखा मिच्दै एकाबिहानै खुमलटार पुगेका माओवादी मन्त्रीलाई प्रचण्डले दिए यस्तो कडा निर्देशन



हाम्रो इकोनोमि

नेकपा माओवादी केन्द्रबाट मन्त्री भएकाहरुले पार्टी नेतृत्वसामू आफूले गरेका कामबारे जानकारी गराएका छन् । माओवादी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा छलफल भएको हो ।

सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सामूहिक भेट गरेर माओवादी मन्त्रीहरुले मन्त्रालय सम्हालेपछि अहिलेसम्म गरेका कामबारे जानकारी गराएका हुन् । ब्रिफिङ सकेर संगठन संरचना निर्माणमा जुटेको र बजेटको सिलिङ आएकाले त्यसमा पनि काम थालेको उनीहरुले रिपोर्टिङ गरेका छन् ।

‘परिणाम देखिने बेला भएको छैन । तर, सकारात्मक छ भन्ने मन्त्रीहरुको ब्रिफिङ छ,’ स्रोतले भन्यो । पार्टी अध्यक्ष प्रचण्डले भने पार्टीका मन्त्रीहरुलाई परीणाम ल्याउने गरी काम गर्न निर्देशन दिएका छन् ।

यस्तै पार्टीले सम्हालेका मन्त्रालयलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा पनि छलफल भएको शिक्षामन्त्री गिरीराजमणि पोखरेलले जानकारी दिए ।

उनका अनुसार माओवादीका मन्त्रीहरुले सम्हालेका मन्त्रालयलाई प्रभावकारी बनाउन योजनाबद्ध रुपमा अघि बढ्नेबारे छलफल भएको पनि छलफल भएको उनको भनाई छ । उनका अनुसार मन्त्रालयको नीति तथा कार्यक्रम नै बनाएर अघि बढिनेछ ।

यस्तै सरकारले ल्याउने आगामी नीति तथा कार्यक्रममा के कस्तो कार्यक्रम समावेश गर्ने भन्नेमा पनि सामान्य छलफल भएको पोखरेलले जानकारी दिए ।
छलफलपछि माओवादी प्रवक्ता पम्फा भुसालले भने सरकारका काम कारवाहीलाई कसरी प्रभावकारी बनाउने र बजेटमा जनताका आकांक्षा कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल भएको पत्रकारहरुलाई जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस
देशको परिस्थिति सहज छैन : प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको परिस्थिति...

अब प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने : एमाले

    प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) ले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री...

चितवनमा देशकै ठूलो इन्धन भण्डारण गृह निर्माण सुरु

     इन्धन आपूर्तिको दीर्घकालीन सुरक्षा र भण्डारण क्षमता बढाउने रणनीतिक योजना अन्तर्गत...

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत

     निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत अनुमोदन भएको...