आँखा मिच्दै एकाबिहानै खुमलटार पुगेका माओवादी मन्त्रीलाई प्रचण्डले दिए यस्तो कडा निर्देशन



हाम्रो इकोनोमि

नेकपा माओवादी केन्द्रबाट मन्त्री भएकाहरुले पार्टी नेतृत्वसामू आफूले गरेका कामबारे जानकारी गराएका छन् । माओवादी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा छलफल भएको हो ।

सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सामूहिक भेट गरेर माओवादी मन्त्रीहरुले मन्त्रालय सम्हालेपछि अहिलेसम्म गरेका कामबारे जानकारी गराएका हुन् । ब्रिफिङ सकेर संगठन संरचना निर्माणमा जुटेको र बजेटको सिलिङ आएकाले त्यसमा पनि काम थालेको उनीहरुले रिपोर्टिङ गरेका छन् ।

‘परिणाम देखिने बेला भएको छैन । तर, सकारात्मक छ भन्ने मन्त्रीहरुको ब्रिफिङ छ,’ स्रोतले भन्यो । पार्टी अध्यक्ष प्रचण्डले भने पार्टीका मन्त्रीहरुलाई परीणाम ल्याउने गरी काम गर्न निर्देशन दिएका छन् ।

यस्तै पार्टीले सम्हालेका मन्त्रालयलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा पनि छलफल भएको शिक्षामन्त्री गिरीराजमणि पोखरेलले जानकारी दिए ।

उनका अनुसार माओवादीका मन्त्रीहरुले सम्हालेका मन्त्रालयलाई प्रभावकारी बनाउन योजनाबद्ध रुपमा अघि बढ्नेबारे छलफल भएको पनि छलफल भएको उनको भनाई छ । उनका अनुसार मन्त्रालयको नीति तथा कार्यक्रम नै बनाएर अघि बढिनेछ ।

यस्तै सरकारले ल्याउने आगामी नीति तथा कार्यक्रममा के कस्तो कार्यक्रम समावेश गर्ने भन्नेमा पनि सामान्य छलफल भएको पोखरेलले जानकारी दिए ।
छलफलपछि माओवादी प्रवक्ता पम्फा भुसालले भने सरकारका काम कारवाहीलाई कसरी प्रभावकारी बनाउने र बजेटमा जनताका आकांक्षा कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल भएको पत्रकारहरुलाई जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...