माओबादीलाई चिढ्याउन ओलीले हाने यस्तो झट्का,प्रचण्ड आफै ओलीको प्रतिकारमा जाई लाग्ने



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका मन्त्रीलाई सुइँको समेत नदिई एकै पटक ३० जना सचिवलाई सरुवा गरेपछि माओवादी केन्द्रमा खैलाबैला मच्चिएको छ । प्रधानमन्त्री ओलीले भारत भ्रमणको अघिल्लो दिन बिहीबार ३० सचिवको सरुवा गरेका हुन् ।

पार्टी एकताको अन्तिम समयमा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले ओलीले सत्ता साझेदार दल माओवादी केन्द्रसँग छलफल नै नगरी सचिव सरुवा गरेपछि माओवादीले आपत्ति जनाएको हो । ओलीले सचिव सरुवामा माओवादी केन्द्रका मन्त्रीसँग छलफल नगरेको माओवादी केन्द्रका एक नेताले जानकारी दिए । ‘गठबन्धनको सरकार भएपछि माओवादीका मन्त्रीहरूसँग पनि छलफल गरिनुपर्छ,’ उनले भने, ‘एकलौटी ढंगबाट काम गर्न पाइँदैन’।

माओवादी केन्द्रबाट सरकारको नेतृत्व गरिरहेका गृहमन्त्री रामबहादुर थापा बादलले समेत ओलीको कदमप्रति आपत्ति जनाएका छन्। बादलले माओवादीबाट सरकारमा सहभागी भएका सातै जना मन्त्री बोलाएर असन्तुष्टि व्यक्त गरेको माओवादी नेताले बताए । उनका अनुसार माओवादी मन्त्रीहरुले प्रधानमन्त्री भारतबाट फर्किएपछि यस विषयमा प्रतिकार गर्ने तयारी गरेका छन् ।

माओवादी मन्त्रीहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...