माओबादीलाई चिढ्याउन ओलीले हाने यस्तो झट्का,प्रचण्ड आफै ओलीको प्रतिकारमा जाई लाग्ने



प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका मन्त्रीलाई सुइँको समेत नदिई एकै पटक ३० जना सचिवलाई सरुवा गरेपछि माओवादी केन्द्रमा खैलाबैला मच्चिएको छ । प्रधानमन्त्री ओलीले भारत भ्रमणको अघिल्लो दिन बिहीबार ३० सचिवको सरुवा गरेका हुन् ।

पार्टी एकताको अन्तिम समयमा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले ओलीले सत्ता साझेदार दल माओवादी केन्द्रसँग छलफल नै नगरी सचिव सरुवा गरेपछि माओवादीले आपत्ति जनाएको हो । ओलीले सचिव सरुवामा माओवादी केन्द्रका मन्त्रीसँग छलफल नगरेको माओवादी केन्द्रका एक नेताले जानकारी दिए । ‘गठबन्धनको सरकार भएपछि माओवादीका मन्त्रीहरूसँग पनि छलफल गरिनुपर्छ,’ उनले भने, ‘एकलौटी ढंगबाट काम गर्न पाइँदैन’।

माओवादी केन्द्रबाट सरकारको नेतृत्व गरिरहेका गृहमन्त्री रामबहादुर थापा बादलले समेत ओलीको कदमप्रति आपत्ति जनाएका छन्। बादलले माओवादीबाट सरकारमा सहभागी भएका सातै जना मन्त्री बोलाएर असन्तुष्टि व्यक्त गरेको माओवादी नेताले बताए । उनका अनुसार माओवादी मन्त्रीहरुले प्रधानमन्त्री भारतबाट फर्किएपछि यस विषयमा प्रतिकार गर्ने तयारी गरेका छन् ।

माओवादी मन्त्रीहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस
काभ्रेमा दुईकाे मृत्य, ९ जना बेपत्ता

    निरन्तरको वर्षाले काभ्रेमा हालसम्म दुई जनाकाे मृत्यु र नौ जना बेपत्ता

नारायणी नदीले एक सयभन्दा बढी घर डुबानमा

    नारायणी नदीमा आएको बाढीले नवलपरासीको गैंडाकोटस्थित सुकुम्बासी बस्ती र बोटे टोल

हनुमन्ते खोलाले ग्यास बुलेट बगायो

    अति भारी वर्षाका कारण आएको भक्तपुरस्थित हनुमन्ते खोलाको बाढीले ग्यास बुलेट

काठमाडौं र ललितपुर जोड्ने युएन पार्कको झोलुंगे पुल बाढीले बगायो

    अविरल परेको अति भारी वर्षाका कारण आएको खाेलामा बाढीले काडमाडौं र