३३ किलो सुन तस्करी गरेका मनाङ होटलका मालिक प्रहरी फन्दामा,गोरेको सुन स्टोरमा छापा



हाम्रो इकोनोमि

सुन तस्करी काण्डमा पटक–पटक मुछिंदै आएका चुँडामणी उप्रेती ‘गोरे’ को सुन स्टोरमा प्रहरीले छापा मारेको छ । काठमाडौको गौरीघाटमा आलिसान महल बनाएका उप्रेतीले बानेश्वरमा सुन स्टोर गर्नका लागि लिएको दुई वटा कोठाबाट सुनका बिस्कुट बोक्न प्रयोग हुने ‘वेस्टकोट’ र पैसा गन्ने मेशिन बरामद भएको प्रहरीले जनाएको छ । ३३ किलो सुन काण्डमा मनांग होटलका साहु भुजुंग गुरुङलाई समेत प्रहरीले पक्राउ गरेको छ।

शुक्रबार सादा पोशाकका प्रहरी लिएर पूरानो बानेश्वरमा रहेको एक घरको दुई वटा कोठामा छापा मार्दा प्रहरीलेले उप्रेतीबारे थप नयाँ तथ्य फेला पारेको छ । गोरे नामले चिनिने चुँडामणि उप्रेती सुन तस्करीको आरोपमा पटक–पटक पर्दै आएको नाम हो । फागुन पहिलो साता तिनै ‘गोरे’ ले चीनको केरुङ नाका हुँदै ल्याएको ३३ किलो सुन गायब भएसँगै मोरङको उर्लाबारी–७ का सनम शाक्यको हत्या भएको थियो । शाक्यको हत्यासँगै प्रहरीको भूमिकामाथि नै प्रश्न उठाउँदै गृह मन्त्रालयले गठन गरेको सह–सचिव ईश्वरराज पौडेल नेतृत्वको छानविन समितिले चुँडामणि उप्रेतीले सुन स्टोर गर्ने भनिएको पुरानो बानेश्वरस्थित एक घरमा छापा मारेको हो ।

‘१० वटा सुनका बिस्कुट सुरक्षित रुपमा लुकाएर लगाउन सकिने ‘वेस्टकोट’ भेटिएको छ, जुन वेस्टकोटको भित्री भागमा सुरक्षा अधिकारीले थाहा नपाउने गरी दायाँ र बाँया कोखातर्फ ५–५ वटा बिस्कुट बोक्न सकिन्छ’, एक प्रहरी अधिकृत भन्छन्, ‘अर्को अचम्म लाग्दो के छ भने, ‘सामान्यतया सहकारीहरुमा समेत नहुने पैसा गन्ने मेशिन गोरेको कोठामा भेटियो ।’

उनको कोठामा फरक–फरक ब्यक्तिको नाममा एकै पटकमा ७० लाख ८५ हजारसम्म बैंक डिपोजिट गरेको बैंक भौचर समेत भेटिएको प्रहरी स्रोतले जानकारी दिएको छ । सह–सचिव पौडेल नेतृत्वको समितिले उनको कोठमा भेटिएका भौचर, पैसा गन्ने मेशिन र सुन बोक्ने स्टकोट बरामद गरी थप अनुसन्धान अघि बढाएको छ ।

पक्राउ पर्ने १० पुगे

तस्करीको ३३ किलो सुन प्रकरणमा संलग्न थप १० जनालाई छानविन समितिले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । बिहीबार र शुक्रवार काठमाडौँका विभिन्न स्थानबाट नियन्त्रणमा लिएर उनीहरुमाथि अनुसन्धान भइरहेको छानविन समितिले जनाएको छ ।

समितिमा अपराध अनुसन्धान विभागका डिआइजी पुष्कल रेग्मी, अपराध अनुसन्धान विभागका एसएसपी बसन्त लामा, विशेष ब्युरोका डिएसपी सुदीप पाठक, केन्द्रिय अनुसन्धान ब्युरोका इन्सपेक्टर भिष्म हुमागाई, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, गृह मन्त्रायलका उप–सचिव भविश्वर पाण्डे र कानुन अधिकृत भोजराज दाहाल सदस्य छन् ।

तस्करीको आधा अर्थात साढे १६ किलो सुनको लोभमा प्रहरी अधिकृतले सनमको हत्यापछि ‘शव ब्यवस्थापन’ को जिम्मा लिएको सूचना पाएपछि गृहमन्त्री रामबहादुर थापाले प्रहरी प्रधान कार्यालयलाई घटना छानविन गर्न निर्देशन दिएका थिए । सुन तस्करका नाइके गोरे र उनले तस्करी गरेर ल्याएका उक्त सुन अझै फेला परेको छैन । गोरेलाई प्रहरीले नै सूचना चुहाएर भगाएको बताइएको छ, प्रहरी स्रोतका अनुसार उनी अहिले भारतमा लुकेर बसेका छन् ।

प्रतिक्रिया दिनुहोस
क्यापस्टोन एक्सेलेरेटरका लागि हाँडी बिरयानी छनोट

    नेपालको आतिथ्य तथा खाद्य सेवा क्षेत्रमा मुगल तथा उत्तर भारतीय परिकारलाई...

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

   प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता सकिएको छ ।...

साउनको अन्तिम सोमबार पशुपतिमा व्रतालुको घुइँचो

    आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथमा श्रद्धालुहरुको घुइँचो लागेको छ ।...

तर्साएर तर्सिन्नँ, फकाएर फकिन्नँ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले शेरबहादुर देउवा पक्षलाई समेटेर निष्पक्ष महाधिवेशन...