रुद्राक्षको बिरुवा रोपे पछी प्रधानमन्त्री ओलीले यसरी पाए मानार्थ विद्यावारिधि



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले मानार्थ विद्यावारिधि ग्रहण गरेका छन्।
उत्तराखण्डको गोविन्द बल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयमा आयोजित विशेष दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीलाई विद्यावारिधि प्रदान गरिएको हो।

आजै दिल्लीबाट प्रधानमन्त्री ओली सो विद्यालय पुगका थिए। प्रधानमन्त्री केपी ओलीले भारतको उत्तराखण्डमा रहेको कृषि परियोजना कार्यक्रमको अवलोकन गरेका छन्।

दिल्ली भ्रमणको तेस्रो दिन प्रधानमन्त्री ओलीले भारतको उत्तराखण्डस्थित पन्थनगरमा रहेको गोविन्द वल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयको समेत अवलोकन गरे।

सो क्रममा प्रधानमन्त्री ओलीले विश्वविद्यालय परिसरमा रुद्राक्षको बिरुवा रोपेका थिए। रोपिएको रुद्राक्षलाई प्रधानमन्त्री ओलीकी श्रीमती राधिका शाक्यले पानी हालेकी थिइन्।

प्रधानमन्त्री ओलीलाई गोविन्द बल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयले मानार्थ विद्यावारिधिलेबाट केहीबेरमा सम्मानित गर्दैछ।

भारत भ्रमणको अन्तिम दिन ओलीले बिहान केही राजनीतिक भेटघाट समेत गरेका थिए।

तीन दिने राजकीय भारत भ्रमणको क्रममा रहेका प्रधानमन्त्री ओली आजै साँझ ६ बजे काठमाडौं फर्कने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...