शौचालय हिडेका श्री निवासाचार्यमाथि मध्यरात छातीमा यसरी हानियो गोली,धर्मगुरू इन्तु न चिन्तुको अबस्थामा



हाम्रो इकोनोमि

विराटनगर–१४ स्थित जतुवामा एक साताका लागि श्रीमदभागवत् महापुराण सप्ताहको भव्य तयारी थियो । स्थानीय तयारीमा जुटिका थिए ।

आइतबार बिहान ६ बजे कलश यात्रा गर्ने तयारीमा थियो । तर, त्यो अगावै बिहान १ः४५ बजे नै ठूलो आवाजमा बन्दुक पड्केको आवाज सुतिरहेकाहरूको कानमा पर्यो । स्थानीयवासी कतिपय सपना हो भन्दै थिए, भने कतिपय साँच्चिकै गोली चलेको हो भन्दै हो–होल्ला गर्दै घरबाट निस्कीए । घटना भएको स्थानमा पुगेका स्थानीय विद्यानन्द यादवले भने, ‘सुतिरहेका थियौं । राति अचानक १ः४५ मा ठूलो अवाज आयो । हामी सबैजना उठ्यौ र घटना भएको स्थानमा गयाैं । त्यहाँ गुरूमाथि गोली प्रहार भएको रहेछ हामीले तत्काल प्रहरीलाई खबर गर्यौं।’

विराटनगर– १४ मा रहेका श्री रामजनकी सामुदायिक भवनमा सुतेका श्री श्री निवासाचार्यमाथि गोली प्रहार भएको थियो । निवासाचार्य शौचालय गएको बेला गोली प्रहार भएको बताइएको छ ।
मध्यराति नचिनेका मानिसको समूहले चलाएको गोली लागेर हिन्दु राष्ट्रको पक्षमा बोल्दै आएका आचार्य श्रीनिवास गम्भीर घाइते भएका हुन् । उनलाई तत्काल उपचारका लागि न्यूरो अस्पताल पुर्याइएको हो । उनि इन्तु न चिन्तुको अबस्थामा छन्।

अज्ञात समूहले उनीमाथि तीन राउण्ड गोली प्रहार गरेको छ । एउटा गोली श्रीनिवासको छातीमा लागेको छ । घटना स्थालमा खबरदारी र होसियार ‘हिन्दु धर्मका दलालहरु’ शिर्षकको एउटा प्रचा पनि भेटिएको छ ।
घटनाका बारेमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रमुख अरुण कुमार विसीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...