शौचालय हिडेका श्री निवासाचार्यमाथि मध्यरात छातीमा यसरी हानियो गोली,धर्मगुरू इन्तु न चिन्तुको अबस्थामा



हाम्रो इकोनोमि

विराटनगर–१४ स्थित जतुवामा एक साताका लागि श्रीमदभागवत् महापुराण सप्ताहको भव्य तयारी थियो । स्थानीय तयारीमा जुटिका थिए ।

आइतबार बिहान ६ बजे कलश यात्रा गर्ने तयारीमा थियो । तर, त्यो अगावै बिहान १ः४५ बजे नै ठूलो आवाजमा बन्दुक पड्केको आवाज सुतिरहेकाहरूको कानमा पर्यो । स्थानीयवासी कतिपय सपना हो भन्दै थिए, भने कतिपय साँच्चिकै गोली चलेको हो भन्दै हो–होल्ला गर्दै घरबाट निस्कीए । घटना भएको स्थानमा पुगेका स्थानीय विद्यानन्द यादवले भने, ‘सुतिरहेका थियौं । राति अचानक १ः४५ मा ठूलो अवाज आयो । हामी सबैजना उठ्यौ र घटना भएको स्थानमा गयाैं । त्यहाँ गुरूमाथि गोली प्रहार भएको रहेछ हामीले तत्काल प्रहरीलाई खबर गर्यौं।’

विराटनगर– १४ मा रहेका श्री रामजनकी सामुदायिक भवनमा सुतेका श्री श्री निवासाचार्यमाथि गोली प्रहार भएको थियो । निवासाचार्य शौचालय गएको बेला गोली प्रहार भएको बताइएको छ ।
मध्यराति नचिनेका मानिसको समूहले चलाएको गोली लागेर हिन्दु राष्ट्रको पक्षमा बोल्दै आएका आचार्य श्रीनिवास गम्भीर घाइते भएका हुन् । उनलाई तत्काल उपचारका लागि न्यूरो अस्पताल पुर्याइएको हो । उनि इन्तु न चिन्तुको अबस्थामा छन्।

अज्ञात समूहले उनीमाथि तीन राउण्ड गोली प्रहार गरेको छ । एउटा गोली श्रीनिवासको छातीमा लागेको छ । घटना स्थालमा खबरदारी र होसियार ‘हिन्दु धर्मका दलालहरु’ शिर्षकको एउटा प्रचा पनि भेटिएको छ ।
घटनाका बारेमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रमुख अरुण कुमार विसीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...