अमेरिकी राष्ट्रपति ट्रम्पको टावरमा भिषण आगलागी, एक जनाको मृत्यु



हाम्रो इकोनोमि

अमेरिकाको न्यूयोर्कस्थित ‘ट्रम्प टावर’मा आगलागी भएको छ । आगलागीमा परेर एकजनाको मृत्यु हुनका साथै अन्य ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा सोही भवन निवासी ६७ वर्षीय पुरुष रहेको जनाइएको छ । उनी भवनको ५० औं तलामा बस्दै आएको अधिकारीहरुले जनाएका छन् । गम्भीर घाइते अवस्थामा अस्पताल लगिएका उनको मृत्यु भएको अमेरिकी संचारमाध्यमले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निजी कार्यालयसमेत रहेको सो भवनमा आगालागी हुँदा ट्रम्पको परिवारका सदस्य भने नरहेको जनाइएको छ ।

आगलागी कसरी भयो भन्नेबारे प्रष्ट भइसकेको छैन । हाल आगो नियन्त्रणमा आइसकेको अधिकारीहरुले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले अग्नि नियन्त्रक कर्मचारीको अथक प्रयासको प्रशंसा गरेका छन्

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...