आचार्य श्रीनिवासमाथी गोली प्रहार, गम्भिर घाइते आचार्यको विराटनगरस्थित न्युरो अस्पतालमा हूदै



हाम्रो इकोनोमि

विरानगरको जतुवामा बस्दै आएका आचार्य श्रीनिवासलाई अज्ञात समूहले गोली हानेर घाइते बनाएको छ । आइतबार बिहान २ बजेतिर शाैच गर्न निस्किएका बेला उनीमाथि गोली प्रहार भएको हो ।

प्रहरी उपरीक्षक अरुण बिसीले आचार्य श्रीनिवास अज्ञात समूहले चलाएको गोली लागेर घाइते भएको पुष्टि गरे । बीसीका अनुसार, गोली दायाँ छातीको कुम मुनिबाट पार भएको छ ।

 

उनको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

गोली कसले प्रहार गर्यो भन्ने खुलेको छैन । प्रहरी उपरीक्षक बिसीका अनुसार, गोली प्रहार गर्नेको खोजी भइरहेको छ ।

जतुवामा आइतबारदेखि सुरु हुने श्रीमद भागवत सप्ताहको तयारी भइरहेका बेला आचार्य श्रीनिवासमाथि गोली प्रहार भएको हो । उनी हिन्दु धर्म गुरु हुन् । केही दिनअघि पूर्वराजा विराटनगर आएका बेला आचार्य श्रीनिवाससँग भेटघाट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...