आचार्य श्रीनिवासमाथी गोली प्रहार, गम्भिर घाइते आचार्यको विराटनगरस्थित न्युरो अस्पतालमा हूदै



हाम्रो इकोनोमि

विरानगरको जतुवामा बस्दै आएका आचार्य श्रीनिवासलाई अज्ञात समूहले गोली हानेर घाइते बनाएको छ । आइतबार बिहान २ बजेतिर शाैच गर्न निस्किएका बेला उनीमाथि गोली प्रहार भएको हो ।

प्रहरी उपरीक्षक अरुण बिसीले आचार्य श्रीनिवास अज्ञात समूहले चलाएको गोली लागेर घाइते भएको पुष्टि गरे । बीसीका अनुसार, गोली दायाँ छातीको कुम मुनिबाट पार भएको छ ।

 

उनको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

गोली कसले प्रहार गर्यो भन्ने खुलेको छैन । प्रहरी उपरीक्षक बिसीका अनुसार, गोली प्रहार गर्नेको खोजी भइरहेको छ ।

जतुवामा आइतबारदेखि सुरु हुने श्रीमद भागवत सप्ताहको तयारी भइरहेका बेला आचार्य श्रीनिवासमाथि गोली प्रहार भएको हो । उनी हिन्दु धर्म गुरु हुन् । केही दिनअघि पूर्वराजा विराटनगर आएका बेला आचार्य श्रीनिवाससँग भेटघाट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...