ओली र मोदीले जारी गरेको यस्तो छ १२ बुंदे सम्झौता



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार भएको द्धिपक्षीय भेटवार्तापछि नेपाल–भारतबीच १२ बुँदे संयुक्त वक्तब्य जारी भएको जारी भएको छ ।
संयुक्त वक्तब्यमा ओली–मोदीबीच दुई देशबीचको विविध पक्षमा समिक्षा हुनुका साथै सरकारी, नीजि क्षेत्र र जनस्तरको सम्बन्धका विषयमा बिचार विमर्श भएको उल्लेख छ ।
यस्तै नेपाल भारतबीचको सम्बन्धमा नयाँ आयाम दिन तथा एेतिहासिक र सांस्कृतिक निकटलाई थप घनिष्ट बनाउन निममित रुपमा उच्चस्तरीय राजनीतिक आदानप्रदानलाई निरन्तरता दिन दुई देशका प्रधानमन्त्री सहमत भएका छन् ।
प्रधानमन्त्री ओलीले भारतसँगको सम्बन्धलाई थप उचाईमा पुर्याउन आफू नेतृत्वको सरकारले निकै महत्व दिएको बताउँदै नेपालको विकास र समृद्धिको लागि भारतसँग द्धिपक्षीय सम्बन्ध विस्तार गर्न चाहेको बताएका थिए । जवाफमा मोदीले नेपाललाई हरप्रकारको सहयोग गर्न भारत तयार रहेको बताएका छन् ।

भारतले अपनाउँदै आएको ‘सवका साथ सवका विकास’ अवधारणा नेपालको विकास र समृद्धिको लागि मार्गदर्शक बन्न सक्ने मोदीले विश्वास लिएका थिए भने ओलीले पनि आर्थिक विकासका लागि आफ्नो सरकारले पनि ‘समृद्ध नेपाल सुखी नेपाल’ को नारा अबलम्बन गरेको बताएको संयुक्त वक्तब्यमा उल्लेख छ ।
संयुक्त वक्तब्यमा भारतीय प्रधानमन्त्री मोदीले सफलतापूर्वक स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा बधाई दिँदै अब नेपाल सरकारको भिजनअनुसार नेपाल स्थायित्व र विकसको निशामा अग्रसर हुने विश्वास व्यक्त गरेको उल्लेख छ ।
दुबै प्रधानमन्त्रीले वीरगन्जस्थित एकीकृत चेकपोस्टको उद्घाटन गर्नुका साथै मोतिहारी–अमलेखजन्ज क्रसबोर्डर पेट्रोलियम पाइपलाइनको उद्घाटन भएको पनि संयुक्त वक्तब्यमा उल्लेख छ ।

दुबै प्रधानमन्त्री सम्झौताहरुको सीघ्र कार्यान्वयमा पनि सहमति भएका छन् ।

यस्तै कृषिमा दुई पक्षीय सहयोग आदान–प्रदान, रक्सौल–काठमाडौं रेलमार्ग निर्माण र अन्तरदेशीय जलमार्गका सम्बन्धमा पनि दुई देशबीच महत्वपूर्ण समझदारी भएको छ ।

विज्ञप्तिमा प्रधानमन्त्री ओलीले भारतमा उच्चमा सम्मान पाएकोमा मोदीलाई धन्यवाद दिँदै उपयुक्त समयमा मोदीलाई नेपाल भ्रमणमा आउन निम्ता दिएको पनि वक्तब्यमा उल्लेख छ । जवाफमा मोदीले ओलीको निमन्त्रण स्वीकार गर्दै कुटनीतिक च्यानलबाट भ्रमण मिति तय गर्ने पनि समझदारी भएको वक्तब्यमा उल्लेख छ ।
ओली तीन दिने राजकीय भ्रमणका क्रममा शुक्रबार भारत प्रस्थान गरेका थिए । उनी आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...