ओलीले एकलौटी सचिवको सरुवा गरेको भन्दै माओबादीका मन्त्री जंगीए,ओली बिरुद्द माओबादीका मन्त्रीको गोप्य बेला



हाम्रो इकोनोमि

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गर्ने निर्णय गरे पनि आफूहरूलाई जानकारी समेत नदिइएको भन्दै माओवादीका मन्त्रीहरूले प्रधानमन्त्रीसमक्ष विरोध जनाउने भएका छन् ।

सचिव सरुवा गर्ने निर्णय भएको भोलिपल्ट (शुक्रवार) सञ्चारमाध्यममार्फत सचिवहरूको सरुवाबारे जानकारी पाएको माओवादीका मन्त्रीहरूको भनाइ छ ।
सरुवा गर्ने निर्णयमा प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी गरेको नेकपा माओवादीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरू बताउँछन् ।

शुक्रवार राति ९ देखि १२ बजेसम्म गृहमन्त्रीसमेत रहेका माओवादी नेता रामबहादुर थापा ‘बादल’को पुल्चोकस्थित सरकारी निवासमा भएको माओवादी मन्त्रीहरूको भेलाले सचिव सरुवा गर्ने निर्णयको आन्तरिक विरोध गर्ने निर्णय गरेको हो ।

‘प्रधानमन्त्रीले एकलौटीरूपमा सचिवहरूको सरुवा गरेर मन्त्रीको अधिकारमाथि अंकुश लगाउन खोज्नुभएको जस्तो देखिन्छ,’ माओवादी केन्द्र्रबाट प्रतिनिधित्व गर्ने एक मन्त्रीले भने, ‘यस्तो निर्णयको हामीले विरोध गर्ने निर्णय गरेका छौं ।’

आफ्नो मन्त्रालयमा कस्तो सचिव आउँदैछन् भन्ने पूर्वजानकारी समेत नदिइनु दुःखद् भएको ती मन्त्रीले बताए । ‘आफ्नो मन्त्रालयमा कुन र कस्तो स्वभावको सचिव आउँदैछन् भन्ने सामान्य जानकारीसमेत हामीलाई दिइएन्,’ ती मन्त्रीले भने, ‘प्रधानमन्त्रीले सचिव सरुवाको निर्णयमा मन्त्रीको अधिकारमाथि नै अंकुश लगाउन खोज्नुभएको देखिन्छ । यसले काममा गर्न अप्ठ्यारो पर्छ ।’

माओवादीका मन्त्रीहरूले प्रधानमन्त्रीको कार्यशैलीप्रति पार्टी अध्यक्ष प्रचण्डलाई भेटेर विरोध जनाउने समेत जनाएका छन् ।

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले ३० जना सचिवको सरुवा गर्ने निर्णय गरेको जनाइएको छ । जसमा माओवादीका नेताले नेतृत्व गरेको गृह, वन तथा वातावरण, कृषि, भूमि व्यवस्था तथा सहकारी, उर्जा, जलस्रोत तथा सिँचाई, शिक्षा विज्ञान तथा प्रविधि, उद्योग वाणिज्य तथा आपूर्ति र खानेपानी मन्त्रालयका सचिवको सरुवा भएको छ ।

सचिवहरूको सरुवामा एमालेकै मन्त्रीहरूले समेत पत्तो नपाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतको भनाइ छ । ‘सचिवहरूको सरुवाका बारेमा प्रधानमन्त्री र मुख्यसचिवज्यूलाई मात्रै थाहा थियो,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘यसमा अन्य मन्त्रीज्यूहरूलाई जानकारी दिइएको थिएन । प्रधानमन्त्री र मुख्यसविचको सल्लाहमै सचिवको सरुवा भएको हो ।’

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...