ओलीले एकलौटी सचिवको सरुवा गरेको भन्दै माओबादीका मन्त्री जंगीए,ओली बिरुद्द माओबादीका मन्त्रीको गोप्य बेला



हाम्रो इकोनोमि

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गर्ने निर्णय गरे पनि आफूहरूलाई जानकारी समेत नदिइएको भन्दै माओवादीका मन्त्रीहरूले प्रधानमन्त्रीसमक्ष विरोध जनाउने भएका छन् ।

सचिव सरुवा गर्ने निर्णय भएको भोलिपल्ट (शुक्रवार) सञ्चारमाध्यममार्फत सचिवहरूको सरुवाबारे जानकारी पाएको माओवादीका मन्त्रीहरूको भनाइ छ ।
सरुवा गर्ने निर्णयमा प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी गरेको नेकपा माओवादीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरू बताउँछन् ।

शुक्रवार राति ९ देखि १२ बजेसम्म गृहमन्त्रीसमेत रहेका माओवादी नेता रामबहादुर थापा ‘बादल’को पुल्चोकस्थित सरकारी निवासमा भएको माओवादी मन्त्रीहरूको भेलाले सचिव सरुवा गर्ने निर्णयको आन्तरिक विरोध गर्ने निर्णय गरेको हो ।

‘प्रधानमन्त्रीले एकलौटीरूपमा सचिवहरूको सरुवा गरेर मन्त्रीको अधिकारमाथि अंकुश लगाउन खोज्नुभएको जस्तो देखिन्छ,’ माओवादी केन्द्र्रबाट प्रतिनिधित्व गर्ने एक मन्त्रीले भने, ‘यस्तो निर्णयको हामीले विरोध गर्ने निर्णय गरेका छौं ।’

आफ्नो मन्त्रालयमा कस्तो सचिव आउँदैछन् भन्ने पूर्वजानकारी समेत नदिइनु दुःखद् भएको ती मन्त्रीले बताए । ‘आफ्नो मन्त्रालयमा कुन र कस्तो स्वभावको सचिव आउँदैछन् भन्ने सामान्य जानकारीसमेत हामीलाई दिइएन्,’ ती मन्त्रीले भने, ‘प्रधानमन्त्रीले सचिव सरुवाको निर्णयमा मन्त्रीको अधिकारमाथि नै अंकुश लगाउन खोज्नुभएको देखिन्छ । यसले काममा गर्न अप्ठ्यारो पर्छ ।’

माओवादीका मन्त्रीहरूले प्रधानमन्त्रीको कार्यशैलीप्रति पार्टी अध्यक्ष प्रचण्डलाई भेटेर विरोध जनाउने समेत जनाएका छन् ।

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले ३० जना सचिवको सरुवा गर्ने निर्णय गरेको जनाइएको छ । जसमा माओवादीका नेताले नेतृत्व गरेको गृह, वन तथा वातावरण, कृषि, भूमि व्यवस्था तथा सहकारी, उर्जा, जलस्रोत तथा सिँचाई, शिक्षा विज्ञान तथा प्रविधि, उद्योग वाणिज्य तथा आपूर्ति र खानेपानी मन्त्रालयका सचिवको सरुवा भएको छ ।

सचिवहरूको सरुवामा एमालेकै मन्त्रीहरूले समेत पत्तो नपाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतको भनाइ छ । ‘सचिवहरूको सरुवाका बारेमा प्रधानमन्त्री र मुख्यसचिवज्यूलाई मात्रै थाहा थियो,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘यसमा अन्य मन्त्रीज्यूहरूलाई जानकारी दिइएको थिएन । प्रधानमन्त्री र मुख्यसविचको सल्लाहमै सचिवको सरुवा भएको हो ।’

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...