६९ किलोमिटर लामो नेपाल–भारत पेट्रोलियम पाइपलाइन बनाउन ओलीले गरे यस्तो सम्झौता



हाम्रो इकोनोमि

पेट्रोलियम पदार्थ आयातका लागि नेपाल–भारतबिच पाइपलाइन बनाउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपाल–भारत पेट्रोलियम पदार्थ पाइपलाइन परियोजना अन्तर्गत भारतको मोतिहारीबाट नेपालको अमलेखगञ्जसम्म पाइपलाइन बनाउने विषयमा सम्झौता भएको हो ।

सम्झौता पत्रमा भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले शनिबार हस्ताक्षर गरेका हुन् । उनीहरु दुवैले स्वीच दबाएर पाइप लाइनको शिलन्याश पनि गरेका छन् ।

यो पाइपलाइन ६९ किलोमिटर लामो हुनेछ । यस्तै मोतिहारीमा पम्पिङ्ग सुविधा रहने पाइपलाइनबाट वार्षिक २० लाख टन पेट्रोलियम पदार्थ निर्यात गर्न सकिन्छ । यो परियोजनाको कार्यान्वयन नेपाल आयल निगम र भारती आयल निगमले संयुक्त रुपमा गर्ने छन् ।

पेट्रोलियम पदार्थका लागि नेपालको एक मात्रै विकल्पको रुपमा भारत रहँदै आएको छ । अहिलेसम्म ट्यांकरमै भारतबाट पेट्रोलियम पदार्थ आयात हुँदै आएको छ । यो पाइपलाइन बनेपछि पने पेट्रोलियम पदार्थ आयातमा खर्च कटौती हुनुका साथै सहज पनि हुनेछ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...