६९ किलोमिटर लामो नेपाल–भारत पेट्रोलियम पाइपलाइन बनाउन ओलीले गरे यस्तो सम्झौता



हाम्रो इकोनोमि

पेट्रोलियम पदार्थ आयातका लागि नेपाल–भारतबिच पाइपलाइन बनाउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपाल–भारत पेट्रोलियम पदार्थ पाइपलाइन परियोजना अन्तर्गत भारतको मोतिहारीबाट नेपालको अमलेखगञ्जसम्म पाइपलाइन बनाउने विषयमा सम्झौता भएको हो ।

सम्झौता पत्रमा भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले शनिबार हस्ताक्षर गरेका हुन् । उनीहरु दुवैले स्वीच दबाएर पाइप लाइनको शिलन्याश पनि गरेका छन् ।

यो पाइपलाइन ६९ किलोमिटर लामो हुनेछ । यस्तै मोतिहारीमा पम्पिङ्ग सुविधा रहने पाइपलाइनबाट वार्षिक २० लाख टन पेट्रोलियम पदार्थ निर्यात गर्न सकिन्छ । यो परियोजनाको कार्यान्वयन नेपाल आयल निगम र भारती आयल निगमले संयुक्त रुपमा गर्ने छन् ।

पेट्रोलियम पदार्थका लागि नेपालको एक मात्रै विकल्पको रुपमा भारत रहँदै आएको छ । अहिलेसम्म ट्यांकरमै भारतबाट पेट्रोलियम पदार्थ आयात हुँदै आएको छ । यो पाइपलाइन बनेपछि पने पेट्रोलियम पदार्थ आयातमा खर्च कटौती हुनुका साथै सहज पनि हुनेछ ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...