हजुर नेपाल आइदिनु पर्यो भन्दै यसरी बिन्ति बिसाए ओलीले मोदीलाई



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी ओलीले नेपाल भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्तो दिएका छन्।
तीनदिने राजकीय भ्रमणका लागि दिल्लीमा रहेका प्रधानमन्त्री ओलीले मोदीसँग औपचारिक वार्ताका क्रममा नेपाल भ्रमणको निम्तो दिएका हुन्।

संयुक्त वक्तव्यमा समेत प्रधानमन्त्री ओलीले छिटै नेपाल भ्रमण गर्न भारतीय समकक्षी मोदीलाई आग्रह गरे।

‘भेटवार्ताका क्रममा मैले चाँडोभन्दा चाँडो नेपाल भ्रमण गर्न मोदीजीलाई निमन्त्रणा दिएको छु। आशा छ, उहाँको नेपाल भ्रमण चाँडै हुनेछ’, ओलीले भने।
मोदीसँगको भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन आफू भारत आएको बताएका थिए। आफूले आधुनिक तरिकाबाट सम्बन्ध बनाउन चाहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपालको विकास र समृद्धिको यात्रामा सहयोग गर्न अपिल समेत गरेका थिए।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...