हजुर नेपाल आइदिनु पर्यो भन्दै यसरी बिन्ति बिसाए ओलीले मोदीलाई



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी ओलीले नेपाल भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्तो दिएका छन्।
तीनदिने राजकीय भ्रमणका लागि दिल्लीमा रहेका प्रधानमन्त्री ओलीले मोदीसँग औपचारिक वार्ताका क्रममा नेपाल भ्रमणको निम्तो दिएका हुन्।

संयुक्त वक्तव्यमा समेत प्रधानमन्त्री ओलीले छिटै नेपाल भ्रमण गर्न भारतीय समकक्षी मोदीलाई आग्रह गरे।

‘भेटवार्ताका क्रममा मैले चाँडोभन्दा चाँडो नेपाल भ्रमण गर्न मोदीजीलाई निमन्त्रणा दिएको छु। आशा छ, उहाँको नेपाल भ्रमण चाँडै हुनेछ’, ओलीले भने।
मोदीसँगको भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन आफू भारत आएको बताएका थिए। आफूले आधुनिक तरिकाबाट सम्बन्ध बनाउन चाहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपालको विकास र समृद्धिको यात्रामा सहयोग गर्न अपिल समेत गरेका थिए।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...