गर्भवती प्रेमिकाको हत्या गरेर बिदेश भाग्ने योजना बनाएका युवकको योजना यसरी तुहाई दियो पुलिसले



गर्भवती प्रेमिकालाई हत्या गरेर बिदेश भाग्ने योजना बनाएका एक युवकको प्रयास प्रहरीले असफल बनाइदिएको छ । ३० वर्षीया ऋषिदेब थरकी एक गर्भवती प्रेमिकालाई हत्या गरि आफ्नो यौन शोषणको कर्तुत लुकाएर बैदेशिक रोजगारको बहानामा बिदेश भाग्ने योजना बनाएका सुनसरी बराह नगरपालिका ७ का २३ वर्षीय अजय झाको योजना मोरङ प्रहरीले असफल बनाइदिएको हो ।

बिहे गर्न आश्वासन दिएर होटलमा काम गर्दै आएकी चार छोराछोरीकी आमा ऋषिदेब थरकी महिलालाई अजयले यौन शोषण गर्दै आएका थिए । तर आफ्नो गर्भ रहेको थाहा भएपछि सात महिनाकी गर्भवती महिलालाई अजयले हत्या गर्ने योजना बनाएका थिए ।

योजना अनुसार उनले साथी सन्तोष तामाङको सहयोगमा २६ फागुन बिहान प्रेमिकालाई फकाएर मोरङको बेलबारी नगरपालिका १० पुर्वपश्चिम राजमार्गस्थित भाउन्नेको जंगलमा लगेर हत्या प्रयास गरेका थिए । घाइते महिलालाई घाँस दाउरा गर्न गएका महिलाहरुले देखेपछि हत्या प्रयास गरिरहेका उनीहरु फरार भएका थिए । महिलाहरुकै सूचनाका आधारमा प्रहरीले महिलाको उद्धार गरेको थियो ।

महिलाको हत्या प्रयासपछि फरार रहेका अजय भारतको बिहारमा आफन्तकोमा शरण लिएर बस्दै आएका थिए । त्यहीबाट उनले बिदेशमा बस्ने साथीहरुको सहयोगमा भिषा मगाएर मलेसिया जाने योजना बनाइरहेका थिए । त्यसका लागि मेडिकल समेत गरिसकेका थिए । तर प्रहरीले अनुसन्धान गर्ने क्रममा अजयलाई बिराटनगर आएको मौका पारेर पक्राउ गरेको थियो ।

अभियुक्त्तलाई तीन मुद्दा
महिलालाई यौन शोषण गरी हत्या प्रयास गर्ने अजयमाथि अबैध गर्भपतन, ज्यान मार्ने उद्योग र जर्बदस्ती करणी गरी तीन प्रकारका मुद्दा दर्ता गरिने मोरङका एसपी अरुण बिसीले बताए । ‘महिलासँग जोडिएको निर्मम घटना भएकोले बिशेष प्राथमिकता दिएर टोली परिचालन गरेका थियौँ, एक महिनापछि ईप्रका बेलबारीबाट खटिएको टोलीले सिडिआरको सहायताबाट पक्राउ गर्न सफल भयौँ’– एसपी बिसीले भने ।

यस्तो थियो हत्या प्रयासको योजना
सुनसरीको बराह नगरपालिका ७ बस्दै आएका युवा अजय झाले स्थानीय होटलमा काम गर्ने ऋषिदेब थरकी एकल महिलालाई बिहे गर्ने आश्वासन दिएर पटक पटक यौन शोषण गर्ने गरेका थिए । आफू गर्भवती भएको सात महिना पुगेपछि महिलाले आफुलाई बिहे गर्न अजयलाई दवाव दिँदै आएकी थिइन् । आफ्नो यौन कर्तुतको पोल खुल्ने भयले अजयले दलित समुदायकी भएकोले ब्राम्हण समुदायकी आफ्नी आमाले स्विकार नगर्ने बताउँदै भागेर दमक गएर डेरामा दुवै बस्नुपर्छ भन्दै साथी सन्तोष तामाङको सहयोगमा २४ फागुन बिहान मोटरसाइकलमा महिलालाई लिएर आएका थिए ।

योजना अनुसार पुर्वपश्चिम राजमार्ग स्थित बेलबारी १० मा पर्ने जंगलमा दिसापिसाब गर्ने बहानामा लगेर कुटपिट गरि सलको पासो लगाएर हत्या प्रयास गरि फरार भएका थिए । घाइते अबस्थामा अर्धचेत अबस्थामा मुखबाट फिँज काडेको अबस्थामा छटपटिरहेकी महिलालाई घाँसदाउरा गर्न गएका महिलाहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि ईप्रका बेलबारीले महिलाको उद्धार गरि धरानस्थित बिपी प्रतिष्ठानमा उपचार गराएको थियो । उपचारकै क्रममा उनको सात महिनाको गर्भपतन भएको थियो । युवतीको गलामा सलको पासो लगाएर कसेको घाउ देखिएको, घटना स्थलमा चप्पल छरिएको अबस्थामा भेटिएको र आसपासको घाँस माडिएको पाइएकोले महिलाको हत्या प्रयास भएको प्रहरीले प्रारम्भीक शंका गरेर अनुसन्धान अगाडि बढाएको थियो । त्यसपछि प्रहरीले अनुसन्धान गर्दा उनलाई यौन शोषण गरेर हत्या प्रयास गर्ने सुनसरीको बराह नगरपालिका ७ महेन्द्रनगर बजार घर भएका २३ बर्षे अजय शाह र सहयोगी सन्तोष तामाङको कर्तुत पर्दाफास भएको थियो ।

घटनापछि बैदेशिक रोजगारीमा जाने उनको योजना थियो । तर प्रहरीले पक्राउ गरेपछि अजयको योजना सफल हुन सकेन । ‘समाजमा अपराध लुक्न नपाओस् भनेर फरार अभियुक्त्तको गहन खोजी गरेका हौँ ।’, एसपी बिसीले भने ।

पीडितलार्इ आर्थिक संरक्षण आवश्यक
एक हप्ता धरानस्थित बिपी अस्पतालमा उपचार गरेर डिस्र्चाज भएपछि पीडित महिला हाल माइतमा बस्दै आएकी छन् । माइती पक्षको आर्थिक अवस्था कमजोर भएकोले उनले पोषणयुक्त्त खानेकुरा पाइरहेकी छैनन् । यसैगरि गर्भपतन गराउनुपरेकोले उनी सुत्केरी अबस्थामा रहेको र घाइते समेत भएकोले उनले पहिले झैँ काम गरेर खान सक्ने अबस्था पनि छैन । यसैले उनलाई सहयोगको खाँचो रहेको ईप्रका बेलबारीका ईन्स्पेक्टर रामजी कटुवालले बताए । उनका अनुसार धरानस्थित बिपी प्रतिष्ठानमा उपचार गराउँदा लागेको औषधीको रकम प्रहरीले समन्वय गरेर तिरिदिएको छ । तर अब पीडित महिलालाई स्थानीय तहका जनप्रतिनिधिहरुले सहयोग गर्नुपर्ने कटुवाल बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
काभ्रेमा दुईकाे मृत्य, ९ जना बेपत्ता

    निरन्तरको वर्षाले काभ्रेमा हालसम्म दुई जनाकाे मृत्यु र नौ जना बेपत्ता

नारायणी नदीले एक सयभन्दा बढी घर डुबानमा

    नारायणी नदीमा आएको बाढीले नवलपरासीको गैंडाकोटस्थित सुकुम्बासी बस्ती र बोटे टोल

हनुमन्ते खोलाले ग्यास बुलेट बगायो

    अति भारी वर्षाका कारण आएको भक्तपुरस्थित हनुमन्ते खोलाको बाढीले ग्यास बुलेट

काठमाडौं र ललितपुर जोड्ने युएन पार्कको झोलुंगे पुल बाढीले बगायो

    अविरल परेको अति भारी वर्षाका कारण आएको खाेलामा बाढीले काडमाडौं र