ओलीले मोदी संग यस्ता कुरा गरे नेपालकै पानीजहाज चलाउन सकिने यस्तो आयो खबर



प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालकै पानीजहाजमा दुई वर्षभित्र राष्ट्रिय झन्डा फहराएर यात्रा गर्ने सपना देखाए पनि सम्भावित जलमार्गका रुपमा हेरिएको चतरा-कुर्सेला (सप्तकोशी-गंगा) तत्काल सञ्चालनमा ल्याथुपउन थुप्रै गृहकार्य गर्नुपर्ने देखिएको छ।

सम्भावित जलमार्गबारे ‘कम्युनिकेसन स्टडिज’ पूरा भए पनि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मा भारत र नेपालमा पनि कुनै काम अगाडि बढेको छैन।

पहिलोपल्ट गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री छँदा दुईपक्षीय रुपमा उठाइएको यो विषयले सन् २००३-२००४ मा (राजाको शासनकाल) मा केही अगाडि बढे पनि अहिलेको समस्या परियोजनाको बाँधको उचाइलाई लिएर खडा भएको छ।

भारत २६९ मिटर अग्लो बाँधको अडानमा छ भने जापानी विज्ञ कम्पनीको सिफारिसमा २३९ मिटरभन्दा अग्लो बाँध हुन नहुने अडान नेपाली पक्षको छ।

नेपालको सिफारिसलाई भारतले स्वीकार गरेमा डुबानबाट हुने क्षति कम्तीमा २५ प्रतिशत कम हुनेछ भने त्योसँग जोडिएका अरु परियोजनाहरुमा त्यसले कुनै व्यवधान खडा गर्नेछ।

नेपालतर्फका परियोजना प्रमुख रामप्रसाद शाहका अनुसार यो परियोजना व्यवहारिक छ र यसलाई पूरा गर्न सकिन्छ तर जनतामा यसको आशंकाहरुलाई सम्बोधन गर्नु आवश्यक छ।

डीपीआर तयार भइनसकेको र बाँधको उचाइबारे विवाद कायमै रहेको अवस्थामा ओलीको यो भ्रमणमा जलमार्गलाई व्यवहारिकता दिन सम्भव नरहेको अड्कलबाजी विज्ञहरुले गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस
काभ्रेमा दुईकाे मृत्य, ९ जना बेपत्ता

    निरन्तरको वर्षाले काभ्रेमा हालसम्म दुई जनाकाे मृत्यु र नौ जना बेपत्ता

नारायणी नदीले एक सयभन्दा बढी घर डुबानमा

    नारायणी नदीमा आएको बाढीले नवलपरासीको गैंडाकोटस्थित सुकुम्बासी बस्ती र बोटे टोल

हनुमन्ते खोलाले ग्यास बुलेट बगायो

    अति भारी वर्षाका कारण आएको भक्तपुरस्थित हनुमन्ते खोलाको बाढीले ग्यास बुलेट

काठमाडौं र ललितपुर जोड्ने युएन पार्कको झोलुंगे पुल बाढीले बगायो

    अविरल परेको अति भारी वर्षाका कारण आएको खाेलामा बाढीले काडमाडौं र