मोदीले ओलीलाई झुक्काएर यसरी यस्तो सरप्राइज दिए



हाम्रो इकोनोमि

भारत भ्रमणको पहिलो दिन नै प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने भएको छ।
मोदी निवास सेभेन रेसकोर्समा साँझ साढे ६ बजे ओली र मोदीबीच एक्लाएक्लै भेटावार्ता हुन लागेको दिल्लीस्थित दूताबासका राजनीतिक काउन्सिलर हरि ओडारीले जनाए।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले साँझ ओली र मोदीबीच भेट हुन लागेको पुष्टी गरेका छन्।

दिल्ली ओर्लेकै दिन औपचारिक सूचीमा नरहेको भेट तय गरेर मोदीले ओलीलाई सरप्राइज दिएका हुन्।

यसअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि मोदीले दिल्ली ओर्लेकै साँझ भेटवार्ता गरेका थिए।

दुई प्रधानमन्त्रीबीच औपचारिक भेटवार्ता शनिबार प्रधानमन्त्री कार्यालय हैदरावाद हाउसमा तय गरिएको छ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...