सलमान खान जेल परे पछी उनलाई ल्याएर काठमाडौँमा उधुम मच्चाउन उठाएको पाँचौ करोड अब के हुन्छ?



हाम्रो इकोनोमि

भारतीय अभिनेता सलमान खान जेल गएपछि उनलाई नेपाल ल्याउने भन्दै पाँच हजारभन्दा बढी टिकट विक्री बापत आएको पैसा के हुन्छ भन्ने बारे प्रश्न उठेको छ । ओडीसी इन्टरटेनमेन्टले सलमानलाई काठमाडौंको टुँडीखेलमा ल्याएर कार्यक्रम गर्ने भन्दै करोडौँ उठाएका छन् ।

कृष्णसारको शिकार गरेको मुद्दामा जोधपुर अदालतले खानलाई पाँच बर्षको जेल सजाय सुनाएसँगै उनको नेपाल भ्रमण थप अन्यौलता झन् बढेको छ । तर, आयोजक ओडिसीका अध्यक्ष सिमान्त गुरुङ भन्छन्, ‘सलमान नेपाल आउने कम्फर्म छ ।’

‘हालसम्म चार हजार टिकट विक्री भएको छ,’ गुरुङले भने, ‘मे २६ मा सलमान खान नेपाल आउने कम्फर्म छ ।’

उनले महङ्गो टिकट बिक्री गरेर करोडौं उठाएको बारे काठमाडौं प्रहरी जानकार छ । जाहेरी नपरेको हुनाले त्यसबारे ठोस कदम चाल्न नसकेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) मोहन थापाले बताए ।

उनले भने, ‘जाहेरी परेको छैन, तर सलमान खान ल्याउन भन्दै पैसा उठाएको बारे निगरानी गरिरहेका छौं ।’ गुरुङले ३ हजार देखि ५ हजार दरको टिकट विक्री भएको बताएपनि प्रहरीले भने ५ हजार देखि २० हजार सम्मको टिकट बेचेर करोडौं उठाएको पाइएको बताउँछ ।

सलमान खान जेलमा रहेको कारण उनी नआउने भए यस्तो अवस्थामा सर्वसाधारणबाट उठाएको पैसा के गर्नुहुन्छ ? भन्ने जिज्ञासामा अध्यक्ष गुरुङले भने, ‘मे २६ आ सलमान आउने कन्फर्म छ, उहाँको मेनेजरले चिन्ता गर्नुपर्दैन भनेका छन् यदी ल्याउन नसके पैसा फिर्ता गर्छौँ ।’

बिहीबार जेल चलान भएका खानले धरौटीमा छुट्नका लागी सेसन कोर्टमा अपिल गर्न सक्नेछन् । सलमानको मेनेजरले केही दिनमा उनी छुट्ने दाबी गरेको उल्लेख गर्दै गुरुङले भने, ‘केही दिनमा उहाँ छुट्नुहुन्छ, नेपाल मात्रै हैन सलमानको ब्याक टु ब्याक अमेरिका, टेक्सस, क्यानडा र न्युजर्सीमा पनी कार्यक्रम छ त्यसैले मेनेजरले चिन्ता नगर्नु भनेको छ ।’

आडिसी इन्टरटेनमेन्टले राष्ट्र बैंक मार्फत खानलाई ६ करोड बढी पैसा पठाइसकेको गुरुङले दाबी गरेका छन् । १० देखि १२ करोडको लागत अनुमान गरिएको उक्त कार्यक्रममा सलमान आउँलान् या नआउँलान्, त्यो भने हेर्न बाँकी नै रहेको छ ।
यसअघि, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विरोधपछि फागुन २६ गते हुने भनिएको सलमानको पूर्व निर्धारित कार्यक्रम रद्द भएको थियो ।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...