नेपालमा हरेक चिज भर्जिन छन् भन्दै ओलीले भारतीय ब्यापारीलाई भने-‘भर्जिन ल्यान्ड’मा लगानी गर्नुहोस्



हाम्रो इकोनोमि

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा ऐतिहासिक राजनीतिक परिवर्तनपछि बलियो सरकार बनेको र निर्धक्क भएर लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह गरेका छन्।

भारत भ्रमणको पहिलो दिन ताज होटलमा आयोजित व्यवसायीसँगको अन्तर्क्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालमा कानुनी शासन बलियो भएको र सरकारले विदेशी लगानीलाई प्रोत्साहन गर्ने नीति लिएको भन्दै लगानीका लागि आग्रह गरेका हुन्।

‘हामीलाई हरेक क्षेत्रमा ठूलो लगानी चाहिएको छ,’ उनले भने, ‘लागनीका लागि नेपाल भर्जिन ल्यान्ड मानिन्छ। हरेक क्षेत्रको लगानी उच्च मुनाफायुक्त छ। लगानीमा कुनै प्रतिस्पर्धा छैन।’

व्यापारका लागि विश्वभरि पुगेका भारतीय व्यवसायीहरु अब छिमेकी मुलुक नेपालमा आउने बेला भएको उनले बताए। ‘निकटता, सांस्कृतिक समानताका कारण पनि नेपालमा भारतीय व्यवसायीहरुलाई हसज हुन्छ,’ उनले भने।

कार्यक्रममा लगानी बोर्डका सिइओ महाप्रसाद अधिकारीले नेपालको व्यापारिक अवस्थाबारे प्रस्तुति दिएका थिए। त्यसमा भारतीय व्यापारीहरुले विभिन्न जिज्ञासा राखेका थिए।

प्रतिक्रिया दिनुहोस
किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ...

एमाले गुगलमा होईन भूगोलमा हुन्छ : महेश बस्नेत

    नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा...

चीनको १५आौं पञ्चवर्षीय योजनाबाट नेपाल लाभान्वित हुनुपर्छ

    चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष...

दुई वटा बस ठोकिँदा ट्रिपर चालकको मृत्यु

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङ, थाक्रे–६, दसकिलोमा बस दुर्घटना हुँदा एक जनाको...