नेपालमा हरेक चिज भर्जिन छन् भन्दै ओलीले भारतीय ब्यापारीलाई भने-‘भर्जिन ल्यान्ड’मा लगानी गर्नुहोस्



हाम्रो इकोनोमि

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा ऐतिहासिक राजनीतिक परिवर्तनपछि बलियो सरकार बनेको र निर्धक्क भएर लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह गरेका छन्।

भारत भ्रमणको पहिलो दिन ताज होटलमा आयोजित व्यवसायीसँगको अन्तर्क्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालमा कानुनी शासन बलियो भएको र सरकारले विदेशी लगानीलाई प्रोत्साहन गर्ने नीति लिएको भन्दै लगानीका लागि आग्रह गरेका हुन्।

‘हामीलाई हरेक क्षेत्रमा ठूलो लगानी चाहिएको छ,’ उनले भने, ‘लागनीका लागि नेपाल भर्जिन ल्यान्ड मानिन्छ। हरेक क्षेत्रको लगानी उच्च मुनाफायुक्त छ। लगानीमा कुनै प्रतिस्पर्धा छैन।’

व्यापारका लागि विश्वभरि पुगेका भारतीय व्यवसायीहरु अब छिमेकी मुलुक नेपालमा आउने बेला भएको उनले बताए। ‘निकटता, सांस्कृतिक समानताका कारण पनि नेपालमा भारतीय व्यवसायीहरुलाई हसज हुन्छ,’ उनले भने।

कार्यक्रममा लगानी बोर्डका सिइओ महाप्रसाद अधिकारीले नेपालको व्यापारिक अवस्थाबारे प्रस्तुति दिएका थिए। त्यसमा भारतीय व्यापारीहरुले विभिन्न जिज्ञासा राखेका थिए।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...