चीन संगको सम्बन्ध तोड्न मोदीले ओलीलाई चीनले बनाएको बाँधको बिजुली भारतले किन्दैन भनेर यसरी झपार्ने भए



प्रधानमन्त्री केपी शर्मा ओलीको तीन दिवसीय भारत भ्रमण शुरु भएसँगै भारतीय पत्रिका इन्डियन एक्सप्रेसले वरिष्ठ भारतीय अधिकृतलाई उदृत गर्दै भ्रमणमा दुई प्रधानमन्त्रीबीच सुरक्षा र विद्युतको विषयमा छलफल हुने उल्लेख गरेको छ ।

समाचारमा मोदीले ओलीलाई भेट्दा ‘नेपालले चीनलाई चाहे जति विद्युत परियोजना दिन सक्ने तर भारतले तिनबाट उत्पादन भएको विजुली खरिद गर्न नसक्ने’ बताउन लागेको उल्लेख छ ।

एक्सप्रेसको उक्त समाचार अनुसार भारतको यो चेतावनी ओली सरकारले बुढी गण्डकी परियोजना चीनलाई दिन सक्ने समाचार पछि आएको बताइएको छ । ओलीले प्रधानमन्त्री भएको केही समयपछि साउथ चाइना मनिङ्ग पोष्टलाई दिएको अन्तवार्तामा यस परियोजनालाई पुनः ब्युताउने भनेका थिए ।

२.५ अर्ब अमेरिकी डलरको बुढी गण्डकी जलविद्युत परियोजना भारत र चीनबीच प्रतिष्ठाको विषय बनेको छ ।

इन्डियन एक्सप्रेसले समाचारमा लेखेको छ– “यो परियोजना अघिल्लो बर्ष माओवादी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री भएको बेला चीनको गेजुवा ग्रुपलाई दिएका थिए । त्यसको केही समयपछि प्रधानमन्त्री भएका शेरबहादुर देउवाले गेजुवासँगको सम्झौतामा ‘अनियमितता’ भएको भन्दै रद्द गरिदिए । देउवाको उक्त परियोजना स्थगनलाई काठमाडौंको सर्वसाधरणमाझ भारतको सल्लाहमा गरिएको गाइगुई चलेको थियो । ”

पत्रिकाले ओलीले प्रधानमन्त्री भएपछि साउथ चाइना पोष्टलाई दिएको अन्र्तवार्ताबाट भारतीय सस्थापन सशंकित भएको संकेत गरेको छ ।
ओलीले सो अन्तवार्ताको क्रममा इन्धनको महंगो माध्यम पेट्रोलियममा नेपालको निर्भता घटाउन पनि विकल्पको रुपमा पनि जलविद्युल परियोजनाहरु निर्माण गर्नु पर्ने आवश्यकता रहेको भनेका थिए । नेपालले आफूले उपभोग गर्ने सम्पूर्ण पेट्रोलियम पदार्थ भारतबाट निर्यात गर्ने गर्छ ।

इण्डियन एक्सप्रेसले एक उच्च सरकारी अधिकारीको भनाई पनि समाबेश गरेको जसमा भनिएको छ “चीनले बनाएको परियोजनाबाट उत्पादन भएका उर्जा भारतले किन्ने आस गर्न सकिन्न । नेपालले चीनको सहयोगमा ति बाँधहरु बनाओस र उत्पादन भएको विजुली पनि चीनलाई नै बेचोस् ।”

चीनलाई नेपालले विजुली बेच्ने प्रश्नमा पत्रिकाले विज्ञहरुको विश्लेषण भन्दै भनेको छ – ‘तिब्बत वा अरु चिनियाँ शहरहरुमा बिजुली लानको लागि विद्युत प्रशारण निर्माण गर्न नेपाल र चीन सीमातर्फ रहेको जटिल भुगोलले निक्कै कठिन हुनसक्छ ।’

यो भ्रमणमा ओली र मोदीले अरुण तेस्रोको जग हाल्ने कार्यक्रम पनि रहेको उक्त समाचारमा उल्लेख छ । समाचारमा अगाडि भनिएको छ भुटानमा भारतले बनाएका जलविद्युत आयोजनाको मोडेलमा निर्माण गरिन लागिएको यो परियोजनाको अधिकांश बिजुली भारतले किन्नेछ । यो परियोजनालाई भारतीय सरकारी सस्था सतलज जल विद्युत निगमले निर्माण गर्दैछ ।

प्रतिक्रिया दिनुहोस
काभ्रेमा दुईकाे मृत्य, ९ जना बेपत्ता

    निरन्तरको वर्षाले काभ्रेमा हालसम्म दुई जनाकाे मृत्यु र नौ जना बेपत्ता

नारायणी नदीले एक सयभन्दा बढी घर डुबानमा

    नारायणी नदीमा आएको बाढीले नवलपरासीको गैंडाकोटस्थित सुकुम्बासी बस्ती र बोटे टोल

हनुमन्ते खोलाले ग्यास बुलेट बगायो

    अति भारी वर्षाका कारण आएको भक्तपुरस्थित हनुमन्ते खोलाको बाढीले ग्यास बुलेट

काठमाडौं र ललितपुर जोड्ने युएन पार्कको झोलुंगे पुल बाढीले बगायो

    अविरल परेको अति भारी वर्षाका कारण आएको खाेलामा बाढीले काडमाडौं र