स्वास्थ्यमन्त्री अर्याललाई असफल पार्न सचिवको यस्तो छ सक्रियता,महिलाको शत्रु महिला नै



हाम्रो इकोनोमि

स्वास्थ्य सचिव डा.पुष्पा चौधरी र राज्यमन्त्री पद्मा अर्यालबीच राम्रो बोलचालसमेत हुन सकेको छैन । संघीय समाजवादी फोरमको कोटामा परेको मन्त्रालयमा पद्मा रिक्त अवधीका लागि मात्र पुगेकी हुन् भन्ने बुझाई छ, सचिवको । तर, प्रधानमन्त्री कार्यालयबाट क्याबिनेटसरहको अधिकार प्रत्यायोजित भई पद्माले काम थालिसकेकी छन् । यति हुँदा पनि स्वास्थ्य सचिव राज्यमन्त्रीले बोलाएका छलफल र सरसल्लाहमा सहभागी हुन हिच्किचाइरहेकी छन् । सचिवको हिच्किचाहटकै बीचमा पद्माले सोमबार सबैजसो महाशाखा र निकायहरुमा फेरबदलको काम फत्ते गरेकी छन् । राज्यमन्त्रीले बहाली भएकै भोलिपल्टदेखि ठाउँहरु फेर्न चाहेकी, तर सचिवले ‘फुलमन्त्रीज्यू आएपछि अप्ठेरो पर्छ’ भन्दै टारिरहेकी थिइन् ।

मन्त्री महिला, सचिव महिला भएको मन्त्रालयमा अर्की महिलालाई तान्ने कोसिस शुरु भएको छ । ऐन पारित भएर पनि नियमावली, निर्देशिका नबन्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकूलपति नियुक्त भएकी डा.संगीता भण्डारी काम नगर्ने, पदमात्रै ओगट्ने आरोपमा तानिन लागेकी हुन् । प्रतिष्ठानको मुकाम हुनुपर्ने दाङमा । तर, संगीताचाहिँ मन्त्रालयमै कार्यालय खडा गरी बसेकी छन् । दाङको समस्याचाहिँ के हो भने, त्यहाँ प्रतिष्ठान खडा हुने तहको अस्पताल नै छैन । साविकको अञ्चल अस्पताल, घोराहीले प्रतिष्ठान राख्न अहिलेसम्म स्वीकृति दिएको छैन । देउवा प्रधानमन्त्री भएकै बेला सिनेट बैठकको आयोजना गरिएको थियो । तर, सबैजसोले बहिष्कार गरिदिए । त्यो स्थिति कायमै छ ।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...