ओली सरकारले यसरी गर्यो सचिबको व्यापक सरुवा,को कहाँ पुगे?



हाम्रो इकोनोमि

भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले ३० जना सचिवहरुको सरुवा गरेका छन्। पुरानो मिति राखेर शुक्रबार बिहानको सचिव सरुवाको सूचि टुंगो लगाइएको हो।
सरुवा सूचिअनुसार गृह मन्त्रालयमा प्रेम कुमार राई तथा अर्थ मन्त्रालयमा राजन खनालको सरुवा भएको छ।

राई प्रधानमन्त्री कार्यालयमा थिए भने खनाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए।

त्यस्तै अख्तियारमा महेश्वर न्यौपानेको सरुवा भएको छ।

श्रममा महेश दाहाल, रक्षामा बिष्णु लम्साल, सञ्चारमा महेन्द्रमान गुरुङ, शिक्षामा खगराज बराल, भौतीक योजना तथा यातायातमा मधुसुदन अधिकारी, वनमा डा.विश्वराज ओली तथा काठमाडौं महानगरपालिकामा यादब कोइरालाको सरुवा भएको छ।

गृहका मोहनकृष्ण सापकोटालाई युवा तथा खेलकुद मन्त्रालय तथा अर्थका शंकर अधिकारीलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ।

श्रमका लक्ष्मण मैनालीलाई प्रधानमन्त्री कार्यालय, रक्षाका विनोद केसीलाई राष्ट्रपति कार्यालय, भौतीकका देवेन्द्र कार्कीलाई नेपाल ट्रष्टको कार्यालयमा, नेपाल ट्रष्टका अर्जुन कार्कीलाई पुर्ननिर्माण प्राधिकरणमा सरुवा गरिएको छ।

अनिल ठाकुरलाई महिला आयोग, गजेन्द्र ठाकुरलाई शिक्षा तथा प्रविधि र भूपेन्द्र पौडेललाई सूचना आयोगमा सरुवा गरिएको छ।
२० गतेको मिति राखेर उनीहरुको सरुवा भएको प्रधानमन्त्री कार्यालय स्रोत बताउँछ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...